पर्यटकीयस्थल रुईसे घुम्न जाँदा अचेत अवस्थामा भेटिएका रघुगंगा गाउँपालिका-१ बेगखोलाका प्रताप सिञ्जालीको उपचारमा आर्थिक अभाव भएको छ ।

साथीहरूसँग घुम्न निस्किएका सिञ्जाली टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

बेनी अस्पतालका चिकित्सकले जटिल अवस्थामा रहेको भन्दै रिफर गरेका यूवा विपन्न परिवारका भएकाले उपचारमा समस्या भएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो ।

‘घरबाट उपचारमा आर्थिक जुटाउने अवस्थै छैन्,‘सहयोग जुटाएरै उपचार गर्नुपर्छ’ फगामीले भन्नुभयो । स्वास्थ्यमा केही सुधार भएपनि खतरामुक्त नभएकाले चिकित्सकले आवश्यक खर्च ब्यवस्थापन गर्न अनुरोध गरेको वडा अध्यक्ष फगामीको भनाई छ ।

लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले खर्च धेरै लाग्ने अवस्थामा बेगखोलाबासीलाई सहयोग अभियान सञ्चालन गरिदिन समेत अनुरोध गरिएको छ । टाउकोमा चोट लागेको अवस्थामा भेटिएपछि सिञ्जालीसँगै घुम्न गएकाहरुसँग समेत सोझपुछ गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply