हसिँलो अनुहार भएका र सधै हाँसिरहने, भोकभोकै हिड्दाँ पनि मागेर खान लजाउने ‘मुदी लातु’ भनेर चिनिने बृद्धकोे गम्भीर घाईते अवस्थामा उद्धार गरी उपचारको क्रममा पोखरामा मृत्यु भयो।

बेनी नगरपालिका–१ रत्नेचौरको रानीवन जंगलको पहिरोमा चिप्लिएर करिब २५ मिटर तल खसेर अचेत अवस्थामा रत्नेचौर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पताल हुदै गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा बिहिबार मृत्यु भएको थियो ।

झन्डै ५ दशक निधारमा नाम्लो र पिठ्यूँमा भारी बोकेर ज्यान पाल्दै आएका थिए । म्याग्दी, बागलुङ र पर्वत जिल्लाको सहरबजारदेखि ग्रामिण क्षेत्रसम्म भारी बोक्ने भरियाको रुपमा चिनिएका बृद्धलाई धेरैले ‘मुदीका लातु’ दाई भनेर बोलाउँथे ।

भारी बोकेरे धेरैलाई आफ्नो बनाएका बृद्धको उपचारको क्रममा मृत्यु हुदाँ गुमनाम भएनन् ।

पसलका सामान बोकेर ग्राहकको घरमा पुग्ने, विवाहमा दुलाह पक्षबाट भारी बोकेर जन्तीसँगै जाने, अन्य विभिन्न काममा भारी बोकेरै पेट पाल्ने गरेका ‘मुदी लातु’ घाईते अवस्थामा भेटिदाँ समेत उपचारमा समेत आर्थिक अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

उपचारको क्रममा पोखरामा मृत्यु भएपछि पर्वत र बागलुङबाट उनलाई चिनेकाहरु अस्पतालसम्म पुगे । धेरैले सामाजिक सञ्जालमा समेत उनका पुराना तस्वीरहरु समेत पोष्ट गरे ।

‘मेरो विवाहमा पनि भारी बोकेर जानुभएको थियो,‘उपचारमा आवश्यक सहयोगका लागि पोखराका डाक्टरलाई पनि सहयोग मागे’ बागलुङका जिल्ला समन्वय अधिकारी राजु पौडेलले भने ।

गाउँघरमा भारी बोकेर हिड्ने भएपनि धेरैले उनलाई आफ्नो गाँस समेत काटेर खुवाउने गरेको पौडेलको भनाई छ । बेनीअनलाइनमा घाईते अवस्थामा भेटिएको बृद्धको पहिचान खुलेन भन्ने समाचार लगत्तै धेरैले चासो देखाएका थिए । बजारमा धेरै भरियाहरुको बीचमा उनको लोकप्रियता छ ।

घाईते अवस्थामा भेटिएर मृत्यु हुदाँ समेत आफन्तको पहिचानमा ‘मुदी लातु’ ले नै भारी बोकिदिएका र प्रहरीको टोली सक्रियतामा अन्तत आफन्त भेटिए ।

‘निधारमा नाम्लो र ओठमा हाँसो कहिल्यै टुटेन’ फेसबुकमा श्रद्धाञ्जली दिदैं बागलुङ शिवनगर टोलका सुमन शर्माले लेखेको छन् । शर्मासँगै धेरैले मृत्यु भएको खवरले दुखी भएको बताएका छन् ।

यता म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले एउटा समान्य भरियाका बारेमा सामाजिक सञ्जाल, फोनमा समेत धेरै चासो ब्यक्त भएकै कारण आफन्तको पहिचान भएको बताए ।

‘बोल्न नसक्ने भरियाका लागि बोलिदिने धेरै भेटिनुभयो,‘शब आफन्तले लैजानुहुन्छ’ प्रनाउ कुँवरले भने । मृतकको शब लिन मंगला गाउँपालिका–२ बावियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्री पोखरामा गएका छन् ।

Leave a Reply