अझैपनि समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाहकै कारण कुटपिटदेखि हत्यासम्मका घटना हुने गरेका छन् ।  दलितले प्रेम प्राप्तिमा भोग्नुपरेका दर्दनाक पीडा नेपाली समाजमा ऐना जस्तै छर्लङ छ ।

कथित जातीय कारणले समाज विभाजन भइरहेको अवस्थामा अन्तरजातीय प्रेम÷विवाह गरेको जोडीको परिवार र महानपर्व दशैंको कथाबस्तुलाई समेटिएको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो शुक्रबार बजारमा आएको हो ।

बाल गायिका सुदिक्षा सुनार,बलबहादुर सुनार र नानु सुनारको स्वरमा सजिएको गीतमा केटी पक्षको परिवारको बहिस्कारका कारण दशैंमा छोरीलाई मामा घर पठाउन नपाएको विषयमा केन्द्रित गरिएको छ ।

लय÷शब्द गायक बलबहादुर, सुनिल बानियाँ, श्रद्धा क्षेत्री, प्रियाङ्ग विश्वकर्माले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन भुपेन बानियाँ, सह–छांयाङ्कन दिप्सन खड्का र एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।

बेनीको क्रियटिभ मिडिया प्रोडक्सन निर्माण गरेको म्यूजिक भिडियोले प्रेम÷विवाह गरेको जोडीको सहकार्य र एकता भएमा परिवारमा खुसीको वातावरण बन्ने सन्देश प्रवाह गरेको निर्देशक भुपेन बानियाँले बताए ।

‘प्रेम युद्धमा जित्नेहरुको सफल कथाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ,‘अन्तरजातिय विवाहले धेरैआमाहरूको कोख रित्तिएको छ, यो सन्देशले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरेका छौ’ बानियाँले भने ।

यसअगाडी दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेका मोडेल सुनिल बानियाँले एक्काइसौं शताब्दीमा रुढीवादी कुसंस्कार अन्त्य गर्न भिडियोले बल पुग्ने बताए ।

उनले समाजमा अन्तरजातीय विवाह गरेका धेरै जोडीको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेको उदाहरणलाई प्रस्तुत गरेको बताउँदै सन्देशमुलक  भिडियोमा अभियन गर्ने अवसर पाएको बताए ।

भिडियोमा ससुराली पक्षको अस्वीकार गर्दा छोरीको मामा घर जाने चाहना अधुरै रहेका विषयले जातिय विभेदको असरलाई देखाउन खोजिएको छ ।

Leave a Reply