म्याग्दीको मंगला गाउँपालिका-५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा झन्डै १ लाख सहयोग जुटेको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरु विकलाई नियमित उपचारसँगै अन्य आवश्यक आर्थिक अभाव परिवारले सहयोगको याचना गरेका थिए ।

गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि स्थानीय यूवाको सक्रियतामा सुरु भएको अभियानको तेस्रो दिन झण्डै १ लाख सहयोग जुटेको सरु बचाउन अभियानका सिजन रोकाले बताए।

‘सबैतिरबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको छ,‘ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेकी बालिकाको उपचारमा धेरै खर्च हुन्छ’ उनले भने । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको थियो।

बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो । डेढ महिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक रहेको छ ।

नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने अस्पतालका प्रमुख डा. सुधिर सापाकोटाले बताए । सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ ।

Leave a Reply