पर्वत जिल्लाको भंगेरकी ५ बर्षिया सुदिक्षा सुनारले जातिय विवाह र नेपालको महानपर्व दशैंको महत्व झल्कने गीत गाएकी छिन् । अन्तरजातीय प्रेम÷विवाह गरेकाको सन्तानको चाहना बोल्ने बोल्ने गीत गाएकी हुन् ।

जन्मदिने आमाबाट घरमै गीत गाउन सिकेकी सुनारले आमाबुबाको विवाहलाई मामाघरको बहिस्कारका कारण दशैंमा टिका लगाउन जान नपाएको सन्देशमुलक गीतमार्फत सांगितिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

बाल गायिकासँगै उनकी आमा नानु सुनार र बलबहादुर सुनारको स्वर रहेको ‘यसपाली दशैंमा’बोलको गीतमा समाजमा अन्तजातीय विवाहको असरका बारेमा प्रस्तुत गरिएको छ ।

‘सानैदेखि गायनमा रुचि राख्दै आएकी छिन्,‘आमाबुबासँग मामाघर जाने चाहना गीतमा पोखेकी छिन्’ बाल गायिकाकी आमा नानु सुनारले भनिन् ।

उनले अन्तरजातीय विवाह गर्नेसँगै परिवारका सदस्यले समेत भोग्नुपर्ने समाजको दृष्यलाई म्यूजिक भिडियोमार्फत सार्वजनिक गरिएपनि कोभिडको कारण छांयाङ्कनमा सहभागी हुन नपाएको बताईन् ।

आमाबुबासँगै छोरीको चाहना, समाजमा अन्तरजातीय विवाहलाई गरिने तिरस्कार सहँदै बसेकाको पीडाका छोरीको स्वरलाई सार्वजकि भएलगत्तै धेरैले रुचाएको बताईन् ।

बाल गायिका सुनारलाई आवश्यक प्रशिक्षण सहित भविस्यमा समेत सांगीतिक क्षेत्रमै सक्रिय बनाउने अभिभावकको लक्ष्य रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा छायांकन गरिएको गीतको लय÷शब्द गायक बलबहादुर सुनार, सुनिल बानियाँ, श्रद्धा क्षेत्री, प्रियाङ्ग विश्वकर्माले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन भुपेन बानियाँ, सह–छांयाङ्कन दिप्सन खड्का र एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।

Leave a Reply