छाेरी माग्न जाँदा
बिहे गर्छु भन्दा
ससुरा परे दाेधारे
भन्छन्
तिम्राे छ र के भर
खाेजी अ‍ाउ पहिले
सरकारी जागिर
बडाे अ‍ानन्द छ, माथिका गितकाे हरफ-सरकारी जागिरेका लागि (क्रान्ति अ‍ालेकाे स्वर रहेकाे डक्टर पाईलटबाट) “सरकारी जागिर” माेज मस्ती हाेला भनेर ।

झन अहिले काेराेना भाईरस (काेभिड-१९) का कारण लगडाउनले प्रष्ट भ्रम छर्याे । न झरी न हावाहुरी, न असिना वर्षा, न बाढिपहिराे, न भुकम्प, न काेराेना। घर बसिबसि तलव । वा रे वा- सरकारी जागिर । न कसैले खाईदिन सक्ने न त कसैले खाेस्ने ।

यस्तै यस्तै ।”टिमी अझै मास्टरै छउ ?” -एकजना कम्मर पेटीमा लगाएकाे कालाे मनि ब्यागकाे चेन खाेल्दै दिउँसाे बाह्र बजे वियर खाने प्रस्ताव अ‍ाउँदा त्याे सरकाे मन कति कटक्क काट्याे हाेला जुन व्यक्ति अ‍ाठ फेल भएर विद्यालय छाेडेका थिए ।

अ‍ामा समुहदेखि वन समुहकाे निर्णय लेख्ने, चिठ्ठिपत्र लेख्ने शिक्षक, बिदेशबाट प्राप्त प्रियसीकाे चिठ्ठि पढ्दिने र जवाफ लेखिदिने शिक्षक ।

वकिल र लेखन्दासले एक निवेदन लेखेकाे पारिश्रमिक कति पाउँछन् ? शिक्षकले त धन्यबाद पनि कुन्नि – कुन्नि ? भित्री पीडा कस्ले बुझ्ने ? समस्या चुनाैती सबै पेशामा हाेला नै !

शिक्षकसँगै बढेका हुर्केकाहरू देशविदेशमा अन्य पेशाबाट भएकाे प्रगतिसँग शिक्षककाे तुलना कहिले हाेला ? शिक्षकले दु:ख गरेका संघसंस्थामा कार्यरत जागिरेकाे तलवभत्ता र सेवासुविधा कति छ ? विद्यादान गरेकाे याेगदानकाे कदर खै ? उचित मुल्यांकन खै ? सम्मान र पुरस्कारकाे व्यवस्था खै ? राष्ट्रपतिबाट वितरित पदकमा कति शिक्षक परे ? हिजाेदेखि नै शिक्षक पेशा हेलित भएकाेले पहिलाे राेजाईमा नपरेकाे तिताे सत्य लुकाएर लुक्दैन ।

शिक्षक पेशा सम्मानित नभएर नै देशकाे याे हालत भएकाे हाे । युवाशक्ति विदेशी भुमिमा रगत पसिना चुहाउनु परेकाे हाे । यस्ताे अपहेलित पेशामा पनि रहरले वा बाध्यताले अङ्गाल्दा पनि विभिन्न निकायबाट पटक पटक प्रहार भएकाे छ ।

लगडाउन पछि कसरी शिक्षक विद्यार्थीलाई सुरक्षित गराउन सकिन्छ र शिक्षण सिकाई क्रियाकलाप सहज बनाउन सकिन्छ भन्नेबारे चिन्तनमनन गर्नु त कहाँ हाे कहाँ ?

यस्ताे विषम परिस्थितिमा अबैज्ञानिक, अव्यवहारिक र असान्दर्भिक दरबन्दी मिलानकाे पासाे फालेर धमिलाे पानीमा माछा मार्ने प्रयास गरि झन झन शिक्षकवर्गकाे मनाेबल गिराउने प्रयास गरिएकाेछ ।

दरबन्दी मिलान कार्यबिधी सरासर गलत र विद्यालय, समुदाय, अभिभावक, विद्यार्थी र शिक्षककाे हितमा छैन। झन झन हेलित भएकाे पेशा र धरापमा रहेकाे सामुदायिक विद्यालयलाई तहस नहस बनाउने कदम असह्य छ ।

दरबन्दी नपुग रहेकाे विद्यालयमा दरबन्दी थप गरि समय सान्दर्भिक शिक्षक सेवा अ‍ायाेगबाट उर्जावान शक्ति छनाैट गर्ने हाे कि दरबन्दी पर्याप्त भएका विद्यालयकाे दरवन्दी काटेर धरासायि पार्ने ? अ‍ाफुु हाेचाे भयाे भन्दैमा अग्लाे मान्छेकाे टाउकाे काट्ने कि अ‍ाफु अग्लाे हुने प्रयास गर्ने ।

मितकाे टाउकाे फुटेपछि अ‍‍ाफ्नाे टाउकाे बेलै सरी । सरकारी खानेले पनि र सरकारी जागिर सम्झने सबैले याद गर्नुस् सरकारी जागिरलाई सरकारी जागिर सम्झने भुल नगरियाेस् हाेईन भने बाईसाैं शताब्दी सम्म हामी कुवाकाे कुवामा नै रहन्छाैं ।