म्याग्दीको रघुगंगा गाउँपालिकाले वडामै पुगेर उपलब्ध गराउने सेवालाई जारी राखेको छ। वडामै पुगेर सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको बैंक खाता, ज्येष्ठ नागरिक र अपाङ्ता भएकाको परिचयपत्र वितरणका साथै प्राकृतिक प्रकोपको विवरण संकलन थालेको गाउँपालिकाले जनाएको छ ।

वडामै हुने काम गर्न समेत पालिकासम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सबै वडामा पुगेर सेवालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

‘अव वडामा हुने कामलाई पालिकासम्म पुग्नुपदैन्,‘सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँदैछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले योजना कार्यान्वयन गर्न सहज हुने गरी योजना सम्झौता गर्न थालिएको बताउनुभयो।

गाउँपालिकाको सबैभन्दा विकट वडा कुईनेमंगलेबाट सुरु गरिएकोमा चिमखोला, दग्नाम हुदै शनिबार वडा नं १ बेगखोलामा शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

‘बृद्धबृद्धा र अपाङ्गता भएकालाई धेरै सहज भएको छ,‘एउटा खाता खोल्न पालिकासम्म पुग्न झन्डै १ हजार खर्च हुन्छ’ सुबेदीले भन्नुभयो।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही ‘क’ बर्गका अपाङ्ग, र्एकल महिला, ६० बर्ष नाघेका दलित र ७० बर्ष पुगेका अन्य जातिको बैंक खाता गाउँपालिका उपाध्यक्ष कमला तिजिलामार्फत हस्तान्तरण गर्नुभएको थियो।  वडास्तरमा प्राप्त सेवाबाट स्थानीयले खुसी ब्यक्त गरेका छन्।

सोही अवसरमा विपन्न परिवारलाई सुधारिएको चुल्यो समेत वितरण गरिएको थियो । पालिकाको केन्द्र रहेको वडा नं ३ को मौवाफाँट बाहेकका बस्तीमा समेत पुगेर सेवा दिने जनाइएको छ। गाउँपालिकाको टोलीसँगै प्रभु बैंक मौवाफाँटका शाखा प्रबन्धक उमाकान्त सापकोटा सहितको टोली समेत वडामै पुगेको छ । गाउँपालिकामा ८ वडा छन् ।

Leave a Reply