म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको जनबिकास आधारभुत विद्यालयमा १ लाख ७५ हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय नाखे गुरुङले १ लाख, धनबहादुर जुग्जाली ५० हजार र भिमप्रसाद जुग्जालीले २५ हजारको अक्षय कोष स्थापना गर्नुभएको हो ।

समाजसेवी गुरुङले स्वर्गीय श्रीमति लालमति, धनबहादुरले पहिरोमा ज्यान गुमाउनुभएकी श्रीमति हिमादेवी छोरी करिस्मा, कञ्चन जुग्जाली र भिमप्रसादले श्रीमति गौसरा, बुहारी बिमा र नाति दिवन जुग्जाली, नातिनिी दृप्तिको सम्झनामा स्मृति कोष स्थापना गर्नुभएको प्रधानाध्यापक तिलकमान गर्बुजाले बताउनुभयो ।

‘विपन्न र जेहेन्दार विद्यार्थीको हितमा खर्च गरिने छ,‘भविस्यमा थप सहयोगको प्रतिबद्धता समेत जनाउनुभएको छ’ गर्बुजाले भन्नुभयो । विद्यालयले स्थानीय सहकारीमा सहयोगदाताले अक्षय कोष अनुसार छुट्टै मु्द्धतीमा राखिएको छ ।

कार्यक्रममा विब्यस अध्यक्ष पूर्णबहादुर गुरुङ, वडा सदस्य लोकप्रसाद पुन, पूर्व विब्यस अध्यक्ष शान्तबहादुर पुन, प्रगति यूवा क्लवका अध्यक्ष चक्रबहादुर पुन लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा वि.श २०६४ देखि २०७३ बिब्यस अध्यक्षको जिम्मेबारी सम्हाल्नुभएका शान्त प्रसाद पुनलाई सम्मान सहित विदाई गरिएको थियो । विद्यालयमा १ सय जना विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply