चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत सत्याग्रही डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै नेपाल मानवअधिकार संगठन म्याग्दीले कार्यक्रम गरेको छ ।

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा १९ पटकसम्म अनशन बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

संगठनका सल्लाहकार एवम् अधिवक्ता चिरञ्जीवि शर्माले सत्याग्रहीको जीवन रक्षा गर्न सरकार समक्ष माग राख्नुभएको थियो ।

‘जीवन नै दाउमा राखेर चिकित्सा क्षेत्र सुधारका लागि लाग्नुभएको छ,‘सबै क्षेत्रबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ’ शर्माले भन्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न मानबअधिकारबादी संघसंस्थाको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संगठनका म्याग्दी सभापति कोमलप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

कोरोनाको जोखिमसँगै विभिन्न कार्यक्रम तय गरिएको संगठनका सचिव हरिप्रसाद ढुंगानाले जानकारी दिनुभयो । सरकारले केसीको माग पुरा गर्न वास्ता नगरेकाले कार्यक्रम गर्न बाध्य भएको मानवअधिकारकर्मीको भनाई छ।

Leave a Reply