---Advertisement---

धारापानीका पहिरोपीडितलाई नेपाल ताईवान संघले दियो टेन्ट र जस्तापाता

On: September 27, 2020 9:46 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ।

पहिरोले विस्थापित जिवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रधान, केदारमान सिंह, निर्मल श्रेष्ठमार्फत मोना अन्तराष्ट्रियका प्रमुख संरक्षक चक्रबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । बेनीको म्याग्दी चलचित्र मन्दिरमा आयोजित कार्यक्रममा धारापानीका इन्द्र थापाको पहलमा संघका अध्यक्ष राजु गुरुङ, उपाध्यक्षद्धय राजन श्रेष्ठ, राम पाण्डे, चोटन लामा, कर्मा लामाले म्याग्दीबासीलाई भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको संयोजनकर्ता सुबोध प्रधानले बताउनुभयो । उक्त टेन्ट र जस्तापाताले अस्थायी संरचना बनाउने र भविस्यमा थप सहयोगका लागि समेत पहल गर्ने प्रधानले प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रममा बेनीका ब्यवसायी अनोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।