बेनी-बागलुङ सडक अवरुद्ध भएको ३ महिना सम्म पनि खुलाउन पहल नगरेको भन्दै बेनपा-१ रत्नेचौर स्थानियले सडक डिभिजन कार्यलय बागलुङ घेराउ गरेका छन् ।

वर्षाको कारण गत असार वाट सडक अवरुद्ध हुदा समेत सडकले वेवास्ता गरेको भन्दै कार्यलय घेराउ गरी ध्यानाकर्षण पत्र वुझाएका छन् ।

स्थानियले व्यक्तिगत रुपमा लगानी गरेर एकतर्फी सडक खोलेपनि वार्षाको कारण ४ घण्डामै अवरुद्ध भएको रत्नेचौरका एकेन्द्र महतले बताए ।

पडक-पटक सडक खुलाउन माग गरेपनी अटेरी गरेपछी वाध्य भएर आफुहरु कार्यलय घेराउ गर्न आएको महतको भनाई छ । सो सडक अवरुद्ध हुदा बेनपा १ रत्नेचौर र २ नं वडा ज्यामरुकोटका स्थानिय समस्यामा परेका छन् ।

गत असार ८ गते वाटवन्दभएको सडक खुलाउन पटकपटक आग्रह गर्दा समेत आफुहरुको आग्रहलाई वेवास्ता गरेको स्थानियले वताएका छन् ।वर्षाको कारण बागलुङ वेनी सडकखण्ड अन्र्र्तगत बागलुङ नगरपालिका ५ वान्द्रे ,बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने ढोडेनी खोला पुलनजिकै र वेनीनगरपालिका १ रानीवनमा गएको पहिरोले सडक वन्द भएपछी ३ महिना देखी यातायातपुर्ण रुपमा ठप्प भएको छ ।

सडक रुचारु गर्न लाखौ रकम लाग्ने भएकोले कार्यलयमा पर्याप्त वजेट नहुदा सडक रुचारु गर्न समस्या भएको सडक डिभिजन कार्यलयले जनाएको छ ।

सडक खुलाउन आजै वाट सुरु गरिने सडक डिभिजन कार्यलय बागालुङका इन्जिनियर मुकुन्द प्रसाद लामिछानेले वताए ।

सडक डिभिजन कार्यलय बागलुङ घेराउ तथा ध्यानाकर्षण गराउन आएका स्थानियले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्पौपानेलाई समेत ध्यानाकर्षण पत्र वुझाएका थिए। पत्र वुझ्दै न्यौपानेले सडक सुचार गर्न तत्काल पहलथाल्ने वताएका थिए ।

सडक अवरुद्ध हुदा स्थानियले उत्पादन गरेको कृर्षि जन्यउत्पादन वजार सम्म ल्याउन समस्याभएको छ । करोडौ लगानीमा खुलोको भैसी फार्म ,कुखुरा फार्ममा उत्पादन भएको दूध ,मासु अण्डा वजार पु¥याउन र दाना ल्याउन समस्या भएको छ ।

म्याग्दी र मुस्ताङ भित्रने सावरी साधान पर्वतको मालढुङगा हुदै वेनीमालढुङका सडक वाट जाने गरेको भएपनि बागलुङवाट म्याग्दी र मुस्ताङ जाने सावरी पनि मालढुङगा वाट घमेर जान वाध्य भएका छन् ।

Leave a Reply