कोरोनाले यातायात ब्यवसाय धरापमा परेपछि म्याग्दीका यातायात ब्यवसायी एकजुट भएका छन् । म्याग्दीमा केन्द्रिय कार्यालय रहेका समितिका अध्यक्ष सहितको भेलाले म्याग्दी यातायात ब्यवसायी प्रालिका अध्यक्ष समेत रहेका लालबहादुर थापाको अध्यक्षतामा म्याग्दी यातायात ब्यवसायी समन्वय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिव गोपाल केसी, कोषाध्यक्ष भोजबहादुर थापा रहेका छन् । समितिको सदस्यहरुमा नगेन्द्र खत्री, चन्द्रबहादुर क्षेत्री, देबेन्द्र पौडेल, टिका पूर्जा, ज्ञान बहादुर केसी, हिमाल गुरुङ रहेको उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

सल्लाहकारमा सुरत केसी र राजकुमार श्रेष्ठ रहेका छन् । अध्यक्ष थापाले करिब ६ महिना पूर्णरुपमा बन्द भएको ब्यवसाय लकडाउन खुलेसँगै सञ्चालनमा आएपनि थुप्रै चुनौतीलाई सामाना गर्ने गरी सबै ब्यवसायी एकजुट भएको बताए ।

जिल्लाभित्र सञ्चालन हुने यातायातका साधनहरुको ब्यवस्थित गर्ने तथा अन्य रुटमा समेत समन्वय गर्ने जनाइएको छ । समितिको गठन भएपछि जिल्लाभित्र प्रतिस्पर्धात्क भन्दा ब्यवसायीक हित हुने गरी काम गर्ने जनाइएको छ ।

Leave a Reply