बाढीपहिरोले अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सुचारु भएको छ । बेनी–बागलुङ सडक खण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले मर्मत गरेको हो ।

वर्षाको कारण बागलुङ वेनी सडकखण्डको बागलुङ नगरपालिका ५ वान्द्रे ,बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने ढोडेनी खोला पुलनजिकै र रत्नेचौरको रानीवनमा विगत तीन महिनादेखि सहजरुपमा यतायात सञ्चालनमा थिएन् ।

अवरुद्ध सडक मर्मतमा चासो नदेखाएको भन्दै रत्नेचौर र बागलुङका कुडुलेबासीले डिभिजन कार्यालयमा धर्ना सहित ध्यानाकर्षण पत्र समेत वुझाएका छन्।

बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सञ्चालनमा आएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

बेनी–बागलुङ सडक बेनी–मालढुंगा–सडकको विकल्पको रुपमा समेत रहेको छ । सडक अवरुद्ध हुदा बेनपा १ रत्नेचौर र २ नं वडा ज्यामरुकोटका स्थानिय समस्यामा परेका छन्।

बागलुङ रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रे समेत भएकाले थप बाँकी खण्डमा समते कालोपत्रेको तयारी भइरहेको छ ।

कालोपत्रेका लागि रिनेटिङ, ग्याबियन पर्खाल लगाउने, रक कटिङ गरेर सडकलाई नालीसहित १० मिटर फराकिलो, कालोपत्रको पहिलो चरणको काम सकिएको अवस्थामा रोकिएको छ। सडकखण्ड हिलाम्मे हुदाँ यात्रुलाई निकै सास्ती हुने गरेको छ ।

सडक अवरुद्ध हुदा स्थानियले उत्पादन गरेको कृर्षि जन्यउत्पादन वजार सम्म ल्याउन समस्याभएको छ । करोडौ लगानीमा खुलोको भैसी फार्म ,कुखुरा फार्ममा उत्पादन भएको दूध ,मासु अण्डा वजार पु¥याउन र दाना ल्याउन समस्या भएको थियो ।

Leave a Reply