म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारको शिरमा रहेको धार्मिक तथा पर्यटकीयस्थल खयर भारानी थान प्रख्यात शक्तिपीठ हो। पाउद्वार गाउँको शिर (४,६३० मिटर)मा बसेकी भारानीको दर्शनमा आन्तरिक तथा बाह्य पर्यटकको ताँती नै लाग्छ। प्राकृतिक हिसाबले समेत खयर क्षेत्र सुन्दर छ ।

रमणीय ठाउँमा बसेमा रहेको मन्दिरसँगै आकर्षक खयरताल छ। आसपासका क्षेत्रमा जम्मा भएको पानी सुन्दर पोखरीमा रुपान्तरण भएकाले प्रकृतिले खयर क्षेत्रमा सुन्दरता नै खन्याइदिएको छ। जनैपूर्णिमा मेला भर्ने बहुसंख्यक तीर्थालुमार्फत ब्यापक प्रचारप्रसारसँगै अचेल वर्षैभरि पर्यटक पदयात्रा गर्छन्। विशेषतः विदेशीमाझ खोपारा (खोप्रा) टे«कका रूपमा खयर क्षेत्र प्रख्यात छ। मन्दिरमा दर्शन गर्न पुग्नेले एक पटकको यात्रामा एउटा मात्र वर माग्छन्। एकैपटक धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास छ । छोराछोरी, बैदेशिक रोजगार, धनसम्पत्ति, कसैले सुखशान्ति, कसैले सुस्वास्थ्यको वर माग्छन् ।

जेठी खयरभारानी माहिली तालवाराही, साहिँली पेरीभारानी, काहिँली मणिभारानी, ठाहिँली गोर्सेभारानी, राहिँली कालीभारानी, ठूलीकान्छी श्रीभारानी, अन्तरीकान्छी किमोबोटकी भारानी र सानीकान्छी नाकाजीभारानी हुन् भन्ने एउटा रोचक किंवदन्ती रहेको छ। डेढदशक अगाडीसम्म अनकान्टार पहाड अहिले म्याग्दी जिल्लाकै एक सुन्दर गन्तब्य बनेको छ। बाटाहरूमा अत्यन्तै सुन्दर फूलहरू फुलेको हुनाले त्यस धुरीहरूलाई नवदुलहीलाई झैं सिङ्गारेको छ । मिठामिठा फूलका बासनाले सारा जङ्गल सुगन्धमा रमेको थियो । खयर क्षेत्रबाट धौलागिरि, माछापुच्छ«े, मानापाथी, अन्नपूर्ण हिमश्रृंखला आँखैमा ठोकिन्छ । भौगोलिक विविधता, जैविक विविधता, सुन्दर प्राकृतिक पर्यावरण, हरियाली जङ्गलसँगै विभिन्न रंगका फूलहरूले सिंगारिएको यस क्षेत्र वास्तवमै स्वर्ग छ ।

खयर क्षेत्रलाई व्यवस्थित पर्यटनधाम बनाउने अभियानका लेफ्टिनेण्ट राजु पुन सक्रिय छन् ।सुन्दर पर्यटकीय गन्तब्य कोरोना भाइरसको कारण अहिले सुनसान जस्तै छ । पर्यटकको आगमन हुने समयमै न्यूनतम पूर्वाधारले समेत चिटिक्क खयर क्षेत्रमा पर्यटकले पाइला टेक्न पाएनन् । बार्षिक ५० हजारभन्दा बढी पर्यटकको आगमन हुने म्याग्दीमा सरकारले लकडाउन खोलेपनि पर्यटन क्षेत्र चलायमान हुन सकेको छैन् । कोरोना भाइरसको कारण जिल्लाभित्र सञ्चालित होटलहरु अहिले झण्डै ८० प्रतिशत बन्द छन् । २० प्रतिशत पूर्ण रुपमा बन्द भएका छन् भने ६० प्रतिशत होटलहरु आंशिक रुपमा बन्द छन् । कोरोनाले पर्यटन क्षेत्रमा ठूलो असर परेको छ ।

अहिले विदेशी पर्यटकको आगमन जिरो छ । लकडाउन खुकुलो भएपछि चलायमान हुन्छ भन्ने अपेक्षा गरेका ब्यवसायी निरास छन् । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन अब ढिलाई गर्नु हुदैन्। यस्तै अवस्था केही महिना रहेमा नेपालको पर्यटन क्षेत्र केहीबर्ष पछाडी थकेलिने निश्चित छ । पर्यटन क्षेत्रमा चहलपहल दिने अभियान म्याग्दीबाटै सुरु गर्न सकेमा देशभरका ब्यवसायीलाई सन्देश बन्ने थियो । बेनी साप्ताहिकबाट सभार

Leave a Reply