म्याग्दीमा पहिलोपटक समुदायको सम्पर्कमा पुगेका कोरोना संक्रमतिको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएको छ ।

पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाइनबाट घर पुगेका बेनी नगरपालिका–३ दुधेखोलाका ३० बर्षिय यूवामा कोरोना पोजेटिभ देखिएपछि सोमबार संक्रमतिको आमा, श्रीमति, छोरी सहित आफन्त र छिमेकीको गरी १८ जनाको स्वाब संकलन गरिएको छ ।

भारतबाट फर्किएका बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाका ३० बर्षिय यूवा क्वारेन्टाइनबाट घर गएको दुईदिनपछि पिसिआर रिर्पोट आएपछि संक्रमतिको सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार स्बाब संकलन गरिएकामा ८ जना बालबालिका छन । गत भदौ २७ गते नेपाल–भारत सिमा क्षेत्रबाट आएका ३० बर्षिय यूवा म्याग्दी बहुमुखी क्याम्पसबाट असोज ५ गते साँझ घरमा पुगेका यूवालाई ६ गते साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमति दुईदिनसम्म घरमा ध्यान दिनुपर्नेमा सावधानी नअपनाएको देखिएकाले स्बाब संकलन सहित सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको थियो।

संक्रमति यूवा पुगेको चौतारी र भलिबल खेल्ने ठाउँमा समेत हेर्न गएपनि नजिकै सम्पर्कमा नरहेको बताइएको छ । संक्रमति यूवा घरका आफन्तसँगै ससुरालीको समेत पहुँचमा पुगेकाले सबैको स्बाब संकलन गरिएको थियो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को टोलीले यूवामा संक्रमण पुष्टी भएपछि घरमै पुगेर ल्याएको थियो । यसैबीच विदेशबाट आएर क्वारेन्टाइनमा बसेका २४ जनाको समेत स्वाब संकलन गरिएको छ।

क्वारेन्टाइनबाट स्वाव रिर्पोट नआई घरमा पुगेका यूवाको विषयमा सिसिएमसीले समेत कमजोरी स्वीकार गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण हुन्छ । संक्रमित र निजका सम्पर्कमा आएकाहरूको ‘ट्रेस’ प्रभावकारी भएकाले समेत त्रसित हुनुनपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply