गण्डकी प्रदेशका सांसद विनोद केसीले प्राकृतिक प्रकोपका कारण छियाछिया बनेको म्याग्दी जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

देशभर बाढीपहिरोबाट धेरैले ज्यान गुमाउने जिल्लामा म्याग्दी भएपनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणामा संघीय सरकारले उपेक्षा गरेको भन्दै आपत्ती समेत जनाउनुभएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकमा विषेश समय लिएर बोल्दै सांसद केसीले दुई जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणामा राखेकाले तुरुन्तै सच्चाएर म्याग्दीको नाम समेत राख्न प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानार्कषण समेत गराउनुभएबो छ ।

म्याग्दीको बाढीपहिरो ग्रस्त क्षेत्रमा भुर्गबविद् सहितको स्थलगत टोली परिचालन गर्न, पूर्नवासको जिम्मा सरकारले लिन, जोखिम अवस्थामा रहेका घरलाई तत्काल स्थानान्तर गर्न, विस्थापितलाई आवश्यक राहत तथा पुर्नवासका लागि जग्गाको ब्यवस्थापनमा प्रदेश सरकारले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो।

‘विपद् सङ्कटग्रस्त क्षेत्रमा म्याग्दीको नाम किन समावेश भएन ?,‘म्याग्दीको क्षतीको तथ्याङ्क बागलुङ र सिन्धुपाल्चोकको जस्तै छ’ सांसद केसीले भन्नुभयो ।

म्याग्दीको ६ वटै स्थानीय तहको क्षतीको विवरण समेत सुनाउँदै सांसद केसीले म्याग्देली जनताको सम्मानमा विपद् सङ्कटग्रस्त क्षेत्रमा नाम राखिदिन समेत संघीय सरकारलाई अपिल गर्नुभयो।‘म्याग्दीलाई समान्य क्षती भएको जस्तो लागेको भए, क्षतीको तथ्यलाई आवश्यक परेको ठाउँमा दिन तयार छौ’ सांसद केसीले भन्नुभयो।

आफ्नो सम्बोधनको क्रममा अधिकांस समय विपद्का बारेमा बोल्नुभएका सांसद केसीले प्रदेश सरकारबाटै यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । गएको असार २५ गते पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिम, धवलागिरी-६, मराङलगायत विभिन्न स्थानमा बाढीपहिरोले लाखौं धनजनको क्षति गरेको छ ।

म्याग्दीमा गएको जेठ महिना यता बाढीपहिरोमा ३१ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता, दुई सय घरधुरी पूर्णरुपमा विस्थापित छन् । यसअगाडी नेपाली कांग्रेस म्याग्दी र मगर संघ म्याग्दीले समेत म्याग्दी जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्रको रुपमा घोषणा गर्ने मागसहित ज्ञापनपत्र बुझाइएको थियो ।

Leave a Reply