म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र पुर्ण क्षति ब्यहोरेका पीडित परिवारलाई वितरण गरिएको हो । बाढी पहिरोका कारण पुर्ण क्षति भई विस्थापित भएका मंगला गाउँपालिकाका १८ परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको उपस्थितीमा विस्थापित परिवारलाई प्रति ५ हजारका दरले ९० हजार रुपैयाँ वितरण गरिएको छ ।

मालिका गाउँपालिकाका बाढी पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई वडा नम्बर ७ का वडा सदस्य बुद्धी बहादुर जुग्जालीको उपस्थितीमा पीडित परिवारलाई ७५ हजार रुपैयाँ वितरण गरिएको मगर संघ म्याग्दीले जनाएको छ ।बेपत्ता र मृतकका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको छ । मालिकामा बाढी पहिरोमा परेर ८ जनाको ज्यान गएको थियो भने अझै दुई जना बेपत्ता छन् ।

यसैगरी, धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ज्यान गुमाएका र बेपत्ता भएकाका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको थियो । एक वा सो भन्दा बढी आफन्त गुमाएका परिवारलाई पाँच हजार थप गरिएको छ ।सो राहत वडा नम्बर ६ का वडा अध्यक्ष राजाराम सुवेदीको उपस्थितीमा पीडित परिवारलाई वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगर ,वडा अध्यक्ष सुवेदी र वडा सदस्य जुग्जालीले राहत सहयोग प्रति धन्यवाद तथा आभार व्यक्त गरे ।

उनिहरुले बाढी पहिरोबाट अकल्पनिय क्षति ब्यहोरेको बताए । पुर्नवासका लागि गाउँपालिकाले प्रदेश र संघिय सरकारलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष रोका मगर र वडा अध्यक्ष सुवेदीले बताए ।

राहत वितरणमा मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष थजालीले बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गरिएकोे बताउनुभयो ।

मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष मनप्रसाद थजाली र उपाध्यक्ष लोक बहादुर पुन ‘लोकेश’ले पीडित परिवारलाई सो राहत वितरण गर्नुभएको थियो ।

जिल्ला सदस्य रमेश फगामीले पीडित परिवारलाई सो राहत वितरण गर्नुभएको थियो । जिल्ला सचिव खम बहादुर थापा मगर र सहसचिव हिरा बहादुर पुनले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना ,कार्यकारी सचिव राजेन्द्र आचार्य , जिल्ला सचिवालय सदस्य रमेश फगामी र मिलन रोका मगर र समाजसेवी तथा होटल व्यवसायी अमृत सापकोटाको सहभागिता रहेको थियो ।

जिल्ला भर बाढी पहिरो पीडित परिवारलाई पाँच लाख रुपैयाँँ बढी राहत वितरण गरिने मगर संघ म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका बाढी पहिरो पीडित परिवारलाई बीस हजा रुपैयाँको राहत वितरण गरिने छ । यसैगरी रघुगंगा गाउँपालिकाका पीडित परिवारलाई ८५ हजार रुपैयाँ वितरण गरिने जिल्ला सचिव खम बहादुर थापा मगरले बताउनुभयो । यस अघि अन्नपुर्णका बाढी पहिरोलाई ८२ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

Leave a Reply