श्रीमतिलाई मारेर गाडेको अभियोगमा प्रहरीले बेनी नगरपालिका–१ रत्नेचौर सारेमारेका एक ब्यक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । घर नजिकै खाल्टोमा ३६ बर्षिय श्रीमति मायाँ बोहोरालाई मंगलबार राती खाल्टोमा गाड्ने ४३ बर्षिय बिरबहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो ।

श्रीमतिको मृत्यु भएको भन्दै छिमेकी र आफन्तलाई समेत जानकारी नदिई खाल्टोमा पुरेको सूचनाको आधारमा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरेर निकालेको थियो । आफ्नै श्रीमतिलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान सुरु गरिएको प्रनाउ किरणजंग कुँवरले बताउनुभयो ।

उहाँका अनुसार घटनास्थलको अवस्था हेर्दा हत्या गरेको प्रमाण देखिएकाले थप अनुसन्धान भइरहेको छ । हत्यापछि छिमेकी र आफन्तले जानकारी पाउन सक्ने भन्दै हतारहतारमा खाल्टो खनेर पुरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो । हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका बेनी अस्पतालमा राखिएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply