बागलुङमा नेपाली सेना, नेपाल प्रहरी र सवारी चालक सहित थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङमा रहेको नेपाली सेनाको व्यारेकका तीन जना, जिल्ला प्रहरी कार्यालय बागलुङका एक जना प्रहरी, एक जना जैमिनी नगरपालिकाले विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनसम्म पुराउनको लागि भाडामा लिएको सवारीका चालक सहित बागलुङमा थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

उहाँले नेपाली सेनाका ३६, ३३ र ३६ बर्षका तीन जना पुरुष, जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङका ४० बर्षिय एक जना पुरुष, सावारी चालक ३३ बर्षिय एक जना पुरुष र जैमिनी नगरपालिका–७ का ६१ बर्षिय एक जना पुरुष र ५२ बर्षिय एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

फोकलपर्सन बरालले जैमिनी नगरपालिकाका दुई जना भारतदेखि आई क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनुभयो । कोरोना पुष्टि भएका सवारी चालक जैमिनी नगरपालिकाले विदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनसम्म पुराउनको लागि भाडामा लिएको सवारीको चालक रहेको जैमिनी नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख गोविन्द शर्माले बताउनुभयो ।

उहाँले सवारी चालक र विदेशबाट आएका दुई जना अहिले क्वारेन्टाइनमा रहेको र उहाँहरुलाई नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी छुट्टीमा घर गएर पुनः काममा फर्किएका हुन ।  जिल्ला आएपछि क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको फोकलपर्सन बरालले बताउनुभयो । अर्जुन कार्की 

Leave a Reply