बेनी नगरपालिका-१ रत्नेचौर बेलबोटमा घरनजिकै गाडेको अवस्थामा भेटिएको ३६ बर्षिया मायाँ बोहोराको शब उत्खनन् गरी पोष्टमार्टममा लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ ।

मध्यरातमा मृत्यु भएको भन्दै बिरबहादुर सार्कीले छिमेकी र आफन्तलाई जानकारी नदिई खाल्टोमा गाडेको अवस्थामा प्रहरीले उत्खनन् गरेको शबका केही प्रमाणहरु आवश्यक परेपछि चिकित्सकको सहयोगमा पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उत्खनन् गरिएको शबलाई बेनी अस्पतालका चिकित्सकको सल्लाहमा केही नमुना परीक्षणको आवश्यक भएपछि पोखरा पठाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । ‘थप अनुसन्धानमा सहज हुने गरी पोखरामा पठाइएको हो, ‘प्राकृतिक मृत्युको अवस्था देखिदैन’ प्रनाउ कुँवरले भने ।

श्रीमतिको हत्याको अभियोगमा श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रनाउ कुँवरको भनाई छ। पोखराबाट पोष्टमार्टमको रिर्पोट आएपछि थप अनुसन्धान अगाडी बढ्ने प्रहरीले जनाएको छ ।

श्रीमतिको मृत्यु भएको भन्दै छिमेकी र आफन्तलाई समेत जानकारी नदिई खाल्टोमा पुरेको सूचनाको आधारमा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरेर निकालेको थियो ।

हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको छ । यता अस्पतालका चिकित्सकले शबको पोष्टमार्टमको प्रक्रिया जिल्लामै सहज भएपनि माटोमा गाडिएको अवस्थामा उत्खनन् गरिएको शबको पोष्टमार्टमको अनिवार्य केही परीक्षण बेनीमा नभएकाले पोखरा पठाइएको बताएका छन् ।
तस्वीर सौजन्य वडा अध्यक्ष टेकबहादुर रावल

Leave a Reply