म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीसँग सिमाना जोडिएको बागलुङको काठेखोला गाउँपालिकामा संक्रमितको सम्पर्कमा आएका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा बिहिबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका वडा नम्बर ३ का २४ बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का १४ बर्षिय एक जना किशोर र वडा नम्बर ७ का २० र ४३ बर्षिय दुई जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो ।

संक्रमित मध्य काठेखोला–३ र ७ का तीन जना पुरुष भारतदेखि आइ भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दा संक्रमितको सम्पर्कमा आएपछि गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको होभने काठेखोला–५ विहुँका १४ बर्षिय किशोर बुबाको उपचारको लागि चितवन गएर आएका हुन् । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

Leave a Reply