म्याग्दीमा बिहीबार कोरोनाका ३ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका उनीहरू बेनीस्थित क्वारेन्टाइनमा बस्दै आएका तीनजनामा कोरोना पुष्टि भएको हो ।

भारतबाट आएर माउण्ट एभरेष्ट आवासीय माविमा बसेकी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी ४५ बर्षिया एक महिला, १८ बर्षका एक पुरुष र मालिका गाउँपालिका-६ घर भएका २० बर्षिय १ पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ ।

संक्रमति यूवासँग सम्पर्कमा रहेका परिवार, आफन्त र छिमेकीको पिसिआर समेत नेगेटिभ आएसँगै समुदायमा संक्रमणको जोखिम टरेको छ । म्याग्दीमा हालसम्म ४९ जना संक्रमित भएकोमा सबै ४९ जनाले नै कोरोना जितेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो । उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply