राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले कोरोना संक्रमतिको संख्या न्यून रहेको म्याग्दीका विद्यालय सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाली बैज्ञानिक पुनले म्याग्दी जस्तो थोरै संक्रमति भएको जिल्लामा संक्रमति धेरै भएका जिल्ला सरह विद्यालय बन्द गर्नु उचित नभएकाले विद्यालय सञ्चालनको वातावरण बनाउन आफ्नो सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ ।

‘दशैंभन्दा अगाडी केही दिनका लागि भएपनि विद्यालय खोल्नुपर्यो,‘संक्रमति ब्यक्तिलाई सुरक्षित साथ उपचार गर्दा हुन्छ’ पुनले भन्नुभयो ।

दशैंको फुलपातीसम्म पढाउने र टीकाको पर्सिपल्टबाट पुन नियमित पठनपाठन सुरु गर्दा बालबालिकालाई सहज हुने पुनको तर्क छ। ‘आफ्नै जिल्लाको बारेमा केही लेखेको छु,‘काठमाण्डौमा बसेर गफ लगायो भन्नेर कसैले दुख नमान्नुहोला’ पुनले भन्नुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगीमा जन्मिनुभएका पुनले कोरोनालाई भुतजस्तै सम्झिर बस्न नहुने बताउनुभयो । म्याग्देली जनताको नाममा आफ्नो भनाई सार्वजनिक गदैं पुनले जनस्वास्थ्यको मापदण्डलाई पुरा गदैं विद्यालयलाई सञ्चालन गर्न समेत अनुरोध गर्नुभएको छ।

एशियाकै नोबेल पुरस्कार मानिने फिलिपिन्सबाट प्राप्त रामोन म्यागसेसे पुरस्कार, नेपाल सरकारले दिएका दुईवटा राष्ट्रदीप पदक, अमेरिकाबाट प्राप्त इन्टरनेट हल अफ फ्रेम र नेब्रस्का विश्वविद्यालयले दिएको अनर ग्रयाजुएट पदक समेत विजेता पुनले अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटनको क्षेत्रमा समेत राम्रो अनुभव छ ।

पुन अध्यक्ष रहेको केन्द्रले अहिले दर्जनौ विभिन्न प्रोजेक्टमा काम गरिरहनुभएको छ । म्याग्दीमा ५० जना निको भइसकेका छन भने ३ जना मात्रै सक्रिय संक्रमति छन् ।

महाविर पुनको भनाई जस्ताको त्यस्तै

म्याग्दी जिल्लाबासीहरुले सुन्नुहोस् र अरु जिल्लाबासीहरुले पनि सोच्नु होस | कोरोनाले संक्रमित बिरामी हुँदै नभएका र थोरै संक्रमित भएका जिल्लाहरु पनि धेरै छन | म जन्मे कै जिल्ला भएको र धेरै बर्ष सम्म त्यहाँ नै काम गरेको नाताले भनेको हो | काठमाडौँ बसेर गफ लगायो भनेर कसैले पनि दुख नमान्नु होला |

म्याग्दी जिल्लामा अहिलेको सरकारी डाटा अनुसार एक जना कोरोना संक्रमित
व्यक्ति देखियो | त्यत्रो धेरै गाउँहरु भएको ठुलो जिल्लामा एउटा कोरोनाको संक्रमित बिरामी छ भनेर स्कूलहरु सहित सबै कामकाज ठप्प पारेर बस्नु भएन | कम से कम दशैँ भन्दा अगाढी केहि दिनको लागी भए पनि स्कूलहरु खोलेर फूलपाती सम्म पढाउने र टीकाको पर्सि पल्ट बाट फेरी पढाई सुरु गर्दा कसो होला ? अनि त्यो एक जना संक्रमित व्यक्तिलाई सुरक्षित साथ उपचार गर्दा भै हाल्ला नि |

बुढापाकाहरुले हामी केटाकेटी छंदा बेलुकी भए पछि भुत आउँछ भन्थे र हामी भुतको डरले घर भित्र नै ढोका थुनेर बस्थ्यौं | त्यसरी नै कोरोनालाई भुत जस्तै सम्झेर सबै कामकाज बन्द गरेर नबसौं न हो म्याग्देलीहरु | तर स्वास्थ्य बिज्ञहरुले भने अनुसारको कोरोना बाट सुरक्षित हुनको लागि गर्नु पर्ने सुरक्षाका उपायहरु एकदम गम्भीरताका साथ् अपनाउनु होला | गल्ति भएमा माफ पाउँ |🙏

Leave a Reply