म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनका बाढीपहिरो पीडितलाई अर्मन सेवा समाज काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बाढीपहिरोले पूर्णरुपमा विस्थापित अर्मनका ७ जना पीडितलाई प्रति परिवार ७ हजार सहयोग हस्तान्तरण गरिएको हो ।

अर्मन समाज काठमाण्डौका उपाध्यक्ष बलभद्र ढकाल, वडा अध्यक्ष भुपेन्द्र बहादुर केसी क्षेत्री मार्फत कलि बुढा, बुद्धिबल कँडेल, दुर्गादत्त कँडेल,लक्षुमण पुन, दलबहादुर सुनार र बिरबहादुर खत्रीलाई नगद सहयोग हस्तान्तरण गरिएको सुरेन्द्र ढकालले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापितको पूर्ण क्षती भएकालाई सहयोग गरिएको समाजले जनाएको छ । वडामार्फत गाउँपालिकाले तयार गरेको क्षतीको विवरण अनुसार सहयोग गरिएको अर्मन समाज काठमाण्डौका उपाध्यक्ष ढकालले बताउनुभयो ।

‘गाउँमा हुने हरेक समस्यालाई समाधान गर्न प्रतिबद्ध छौ,‘यहाँ जन्मिएर, हुर्किएर गएका सबैले सहयोग गर्छन’ ढकालको भनाई उद्धित गदैं सुरेन्द्र ढकालले भन्नुभयो । यसैबीच पीडितले समेत हालसम्म प्राप्त सहयोगबाट सहज हुने भन्दै सहयोगप्रति आभार प्रकट गरेका थिए ।

Leave a Reply