म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका-३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको अवस्था सामान्य रहेको लम्सालले बताउनुभयो ।

गत बिहीबार कोरोनाका ३ जनामा कोरोना देखिएको थियो । विदेशबाट आएका उनीहरू बेनीस्थित क्वारेन्टाइनमा बस्दै आएका तीनजनामा कोरोना पुष्टि भएपनि समुदायमा कोरोना देखिएको छैन् । म्याग्दीमा हालसम्म ५ महिला र ४५ जना पुरुषले कोरोना जितेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो ।

 

Leave a Reply