म्याग्दीका कोरोना भाइरसका कारण विदेशबाट फर्किएका र विदेश जान चाहनेको सर्वेक्षण हुने भएको छ । कोरोनाले विश्वभर तहसनहस बनाएपछि फर्किएका र कोरोनाकै कारणले विदेश जान नपाएकाहरुलाई लक्षित गरी रिड नेपालको सहयोगमा म्याग्दी समुदायिक पुस्तकालयले जिल्लाभर स्वयंमसेवक खटाएर सर्वेक्षण गर्ने भएको हो ।

तीन महिनासम्म म्याग्दी जिल्लाका २ सय ५० जनामा सर्वेक्षण गरिने म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले बताउनुभयो । ‘कोभिडकै कारण विदेशबाट फर्किएका अधिकांसलाई समेट्ने प्रयास गछौं, विदेश जान चाहनेहरुको खोजी पनि टोलीले गर्छ’ रावलले भन्नुभयो। रिड नेपालले म्याग्दीमा गर्ने सर्वेक्षणमा विदेशबाट फर्किएकाहरु पुनः विदेश जान चाहने वा गाउँघरमै काम गर्ने, कोरोनाको जोखिममा विदेश नै जानुपर्ने अवस्थाका बारेमा समेत सर्वेक्षणले समेट्ने जनाइएको छ ।

कुल १ लाख बजेट रहेको सर्वेक्षणका लागि ५ जनालाई स्वयंसेवक गर्ने र एक जना सामाजिक परिचालक गरिने छ। रिड नेपालले म्याग्दी सामुदायिक पुस्तकालयको भौतिक संरचना सहित पुस्तकालयका विभिन्न प्रोजेक्टमा समेत सहयोग गरेको छ ।

Leave a Reply