---Advertisement---

मल्कबाङमा भिरबाट खस्दा एक यूवा घाईते

On: October 4, 2020 12:09 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-५ मल्कवाङमा खर काट्न गएका एक यूवा भीरबाट लडेर गम्भीर घाईते भएका छन्।

आइतबार विहान कान्छे भिरमा खर काटने क्रममा भीरबाट लडेर घाईते भएका लाल कुमार घरब्जा छन्त्यालको हेलिकप्टरबाट थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएको छ ।

भिरबाट खसेका छन्त्यालको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईते खरतामुक्त नभएपनि उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्लाको ग्रामिण क्षेत्रमा जोखिम मोलेर खर काट्न कठिन भीरहरुमा जाने गरेका छन्। वर्षभरी गाईवस्तुलाई खुवाउन खर काटेर सुकाएर राख्ने गरिन्छ।

बन विनाश र डढेलोका कारण बन क्षेत्र मासिदै जाँदा घाँस पाउनै मुस्किल हुने भएकाले पशुचौपायालाई खुवाउन बृद्धबृद्धा देखि बालबालिकासम्म हत्केलामा ज्यान राखेर घाँसको लोभमा कठिन भीरमा चढ्न खोज्दा दुर्घटना हुने गरेको छ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।