बागलुङमा रहेको नेपाली सेनाको २३ नम्बर बाहिनी गणका थप १४ जना सैनिक सहित बागलुङमा आईतबार थप १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा १४ जना नेपाली सेना, जैमिनी नगरपालिकाका २ जना, बागलुङ नगरपालिकाका २ र काठेखोला गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताउनुभयो ।

फोकल पर्सन बरालले नेपाली सेनाका ३९, ३८, ३४, ३४, ३३, २७, ३१, २९, २७, ३६, २६, २७, ३२ र २६ बर्षिय १४ जना पुरुष, बागलुङ नगरपालिका–७ का ३६ बर्षिय एक जना पुरुष, जैमिनी नगरपालिका–४ का २४ र ३६ बर्षिय पुरुष र काठेखोला गाउँपालिका–२ का ६५ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु मध्य बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका चार जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुनभने काठेखोलाका संक्रमित चितवन गएको बेला गरिएको पिरिक्षणमा पुष्टि भएको फोकल पर्सन बरालले बताउनुभयो । उहाँले काठेखोलाका संक्रमित चितवनमै रहेको जानकारी दिनुभयो । यस्तै नेपाली सेनाका सैनिकहरु कन्ट्याक टे«सिङमा परेका थिए ।

गत असोज १४ गते नेपाली सेनाका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक टे«सिङमा परेकाको स्वाब परीक्षण संक्रमण पुष्टि भएको हो । यस अगाडी कोरोनाको लक्षण देखिएपछि गत असोज १५ गते थप एक सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बागलुङ नगरपालिकाका एक जना र नेपाली सेनाका १४ जना गरि १५ जनालाई बागलुङ नगरपालिका–३ रात्माटामा रहेको नगरपालिकाको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । यस्तै जैमिनी नगरपालिकाका २ जनालाई जैमिनी नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको छ ।

नोटः नेपाली सेनाको १४ जनालाई कोरोना संक्रमण पुष्टि हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।
–सम्पादक

Leave a Reply