ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर

0
819

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन्।

बिमबाट दरबाङको दिच्याम जाँदै गरेको ट्याक्टर ध १ त ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का आषिश खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । दुर्घटनाको खवर लगत्तै प्रहरी परिचालन गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।