---Advertisement---

मलेसियामा म्याग्दीका फगामीको हत्या नभई आत्महत्या

On: October 5, 2020 12:13 PM
Follow Us:

मलेसियामा हत्या भएको भनिएका म्याग्दीको मालिका गाउँपालिका-५ मगरदाङ देविस्थानका एक यूवाले आत्महत्या गरेको पुष्टी भएको छ ।

४० बर्षिय आजिम प्रसाद फगामीको शब आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएका फगामीको मृत्युको कारण आत्महत्या भएको पोष्टमार्टम रिर्पोटमा देखिएपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव नेपाल पठाउने तयारी गरिएको कम्पनीमा कार्यरत विष्णु लोप्चन तामाङले बताएका छन् ।

घटनाको अनुसन्धान र शवको परिक्षणपछि फगामीको हत्या नभई आत्महत्या भएको पुष्टी भएको चिकित्सकको रिर्पोटका आधारमा कम्पनीले मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने तामाङको भनाई उद्धित गदैं मृतकका आफन्तको भनाई छ ।

मृतक फगामीले झगडा गरेको भनिएका स्थानीय नभई चिनियाँ नागरिक समेत रहेको बुझिएको छ भने आत्महत्या अगाडी कोठा बन्द गरेको र नियमित डियुटीमा जान तामाङले बोलाउँदा समेत नबोलेपछि काममा गएको बताए । कोठाभित्र पंखामा पासो लगाएको अवस्थामा भेटिएका फगामी खुट्टाले भुई टेकेको अवस्थामा भेटिएकाले हत्या भएको आशंका गरिएको थियो ।

छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको जस्तै देखिनुले प्रमाण नष्ट गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले कोठा समेत सिल गरेर समेत अनुसन्धान गरेको थियो । फगामी अक्टुवर १५ तारिकमा नेपाल फर्किने तयारीमा थिए । आत्महत्याको रिर्पोटसँगै कानुनी लडाईको प्रक्रिया समेत सकिएको छ ।