विश्व पशुपक्षी दिवश हरेक अंग्रेजी महिनाको अक्टोवर ४ तारिखका दिनमा विभिन्न कार्यक्रमका साथ विश्वभर पशु अधिकार र पशुपक्षी कल्याणमा लागि परि मनाउने गरिन्छ ।

नेपालमा पनि संघ प्रदेश र स्थानीय तहमा पशु सेवा विभाग, प्रदेशका भूमी ब्यवस्थान कृषि तथा सहकारी मन्त्रालय, पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय अन्र्तगतका अधिराज्यका ४६ ओटा भेटेरिनरी अस्पतालहरु तथा स्थानीय तहका पशु सेवा शाखाहरुले पनि विभिन्न कार्यक्रमका साथ मनाउने गर्छन ।

इटालीको फ्लोरेन्स भन्ने ठाउंवाट पहिलो पटक पर्यावरण विद(इकोलोजिष्ट)हरूले सन १९३१ बाट विश्व पशुपक्षी दिवस मनाउन शुरु गरिएको इतिहासबाट पुष्टि हुन्छ । यस वर्षको अन्र्तराष्ट्रिय स्लोगनस  PROPER RESPECT TO ANIMAL IS THE IDENTITY OF HUMAN CIVILIZATION पशु पन्छी प्रति उचित सम्मान मानव सम्यताको पहिचान भन्ने नाराका साथ देशका विभिन्न स्थानमा मनाइयो ।

यि पशुपक्षी हुन, यिनीहरू हाम्रो भोग विलासको लागि पालिएका हुन भन्ने खालको अमानविय मानसिकता राख्नु हुदैन । घरपालुवा, जङ्गली जनावरहरूको आ–आफ्नै विशेषताहरू छन् । विश्व पशुपक्षी मनाउने मुख्य उद्देश्यनै पशुपक्षी प्रति प्रेम गरौं र यिनबाट जति सक्दो अनुकुल फायदा लियौ भन्ने हो ।

मानवको यस पृथ्वीमा उत्पति भए देखि पशुपक्षीलाई मानवआहाराको रुपमा, पोषाकको रुपमा, धार्मिक रुपमा, भारी वोकाउने काममा, सुरक्षा तथा पेट पशु आदिको रुपमा प्रयोग गरि यसबाट थुप्रै थुप्रै फायदाहरू लिइ राखिएको छ । हामी मानिसका लागि पशुपक्षी भोग विलासको लागि मात्र होइन कि यसले मानवको जिवन रक्षा पनि गरेको छ ।

यसका साथ साथै नेपाल जस्तो कृषि प्रधान देश र नेपालमा रासायनिक मलको उद्योग पनि नभएको खेति वालीमा मलको लागि र अहिलेको अर्गानिक एग्रिकल्चरमा पशुपक्षीको मलको पनि त्यतिकै महत्व छ । त्यसैले यितीहरूको समुचित संरक्षण विना कृषि र पर्यावरणको अर्को विकल्म छैन । मान्छेको लागि मनै छुने खालको एक कोटेसन विर्सन सकिन्न ।

“Animals are not “property” or “things” but rather living organisms, subjects of a life, who are worthy of our compassion, respect, friendship, and support.”

आजको एकासौं सताब्दीमा पशु अधिकारको पनि त्यत्तिकै कुरा उठिराखेको छ । पशुपक्षी हो भन्दैमा धेरै यातना दिन नहुने, भोको राख्न नपाइने, काम धेरै लगाउन पाइदैन । अव प्रश्न उठ्न सक्छ अव कसरी यि र यस्ता पशुपक्षीको संरक्षण गर्ने ?

Slogan:  PROPER RESPECT TO ANIMAL IS THE IDENTITY OF HUMAN CIVILIZATION

पशु कल्याणका वारेमा सर्व प्रथम वेलायतबाट सन १८२४ मा शुरु गरिएको र सोही अनुसार एक पशु कल्याण संस्था समेत स्थापना भएको थियो । अमानविय तरिकाले पशु हत्या गर्न नपाइने भनि वलायतमा कानुन पनि वन्यो । क्याम्व्रज विश्वविद्यालयका प्रोफेसर तथा पशु कल्याणका अध्यक्ष समेत रहेका डोनाल्ड बु्रमले पशु कल्याण भनेको Animal Welfare is the physical and psychological state of an animal as it regards its atttempt to cope with its environment elg kl/efiff u/]sf 5g\ .

घरपालुवा, प्रयोगशालामा राखिने वा जङ्गली पशुपक्षीहरूको निम्न अनुसारको पशु कल्याणकारी विश्व समूदायले निम्न पशुअधिकार हुनु पर्छ भनि वहस गरेका छन ।

  • खाना पानीको प्यासबाट स्वतन्त्रता ।
  • अध्यधिक गर्मि र भौतिक असुविधाबाट स्वतन्त्रता ।
  • रोग, घाउ र चोटपटकबाट स्वतन्त्रता ।
  • सामान्य आफ्नो वानी वा स्वाभाव देखाउने स्वतन्त्रता ।
  • डर र त्रासबाट मुक्त हुने स्वतन्त्रता ।

त्यसैले सरकारले पनि विद्यमान पशु सेवा तथा पशु स्वास्थ्य ऐन मार्फत पशु अधिकार र पशु कल्याणका वारेमा उल्लघन नहोस भनेर ढुवानी मापदण्ड, पशु वधशाला तथा मासु जांच ऐन नियमावली तथ पशु कल्याणकारी संस्थाहरू खोल्न प्रस्रया दिएको छ ।

जय पशु धन

Leave a Reply