दशैँको पूर्वसन्ध्यामा समुदायमा कोरोना फैलिएको काठमाडौ लगायतका विभिन्न जिल्लाबाट म्याग्दीमा प्रवेश गर्नेलाई १४ दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा कडाई गरिने भएको छ ।

चाडपर्वलाई लक्षित गरी कालिपुल बसपार्कबाट छिर्ने यात्रुको संख्यामा वृद्धि हुन थालेपछि होल्डिङ सेन्टरमा गरेको प्रतिबद्धता कार्यान्वयन नभए कानुनी कारवाही गरिने म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।

‘दशैंतिहारमा काठमाण्डौबाट धेरै म्याग्दीमा आउने देखिन्छ,‘जिल्लामा प्रवेश गरेलगत्तै १४ दिनसम्म समुदायमा घुलमिल हुन पाईदैन्,‘अवको दुई महिनालाई कडाई नगरे समुदायमै कोरोना फैलिने जोखिम छ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

बेनीअनलाइनसँगको कुराकानीमा प्रजिअ अधिकारीले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर विगतमा दशैंतिहारमा धेरै आगमन हुने जिल्लाहरुको सूची समेत तयार गरी आवश्यक निगरानी राख्ने बताउनुभयो ।

‘चाडपर्वमा कोरोना संक्रमणको जोखिम धेरै हुन्छ,‘घरमा बस्ने ठाउँ नभए पालिकाको क्वारेन्टाइनमा बस्नुपर्छ’ प्रजिअ अधिकारीको भन्नुभयो । उहाँले समुदायलाई समेत कोरोनबाट जोगिन बाहिरी जिल्लाबाट आएकालाई निगरानी राख्न र सूचना दिन समेत अनुरोध गर्नुभएको छ ।

बेनीको होल्डिङ सेन्टरले पालिका हुदै वडास्तरसम्मै तथ्याङ्क दिने र स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने समेत प्रजिअ अधिकारीले बताउनुभयो ।यस अगाडी होल्डिङ सेन्टरमा प्रतिबद्धता जनाएपनि सदरमुकाम बेनी लगायत जिल्लाका ग्रामिण क्षेत्रमा प्रतिबद्धता अनुसार कार्यान्वयन भएको छैन्।

पिसिआर गरेको भन्दै समुदायमा समेत घुलमिल हुने गरेको पाइएको छ । दशैंतिहारमा अन्य जिल्लाको तुलनामा काठमाण्डौबाट बेनी लगायत जिल्लाका विभिन्न स्थानमा पुग्ने गरेका छन् । देशभर सबैभन्दा कोरोना संक्रमित काठमण्डौ उपत्यका रहेकाले अनिवार्य होम क्वारेन्टिनमा कडाई नगरिए समुदायमै फैलिने जोखिम धेरै रहेको बेनी अस्पतालका चिकित्सको समेत भनाई छ ।

Leave a Reply