म्याग्दीका चारवटा स्वास्थ्यचौकी अस्पतालको रुपमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले म्याग्दीको चारवटा स्थानीय तहको स्वास्थ्य चौकीमा तुरुन्तै अस्पताल सञ्चालन गर्ने गरी बजेट समेत विनियोजन गरेको छ ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, अर्मन स्वास्थ्य चौकीमा १० शैया, धवलागिरी गाउँपालिका-७,ताकम स्वास्थ्य चौकीमा ५ शैया, रघुगंगा गाउँपालिका-१,बेगखोलामा ५ शैया र अन्नपूर्ण गाउँपालिका-१ दोबामा ५ शैयाको अस्पतालका लागि बजेट विनियोजन गरी आवश्यक जनशक्तीको समेत ब्यवस्थापन सुरु गरेको छ ।

अर्मन स्वास्थ्य चौकीलाई ८५ लाख र बाँकी तीनवटा स्वास्थ्य चौकीलाई ७० लाखको दरले बजेट समेत विनियोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले देशैभरका सबै स्थानीय तहमा ५ शैयाको अस्पताल बनाउने अवधारण यसअगाडी नै सार्वजनिक गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा सञ्चान हुने अस्पतालका लागि एक एमबीबीएस चिकित्सक र दुई जना नर्स मन्त्रालयले पठाउने छ भने अन्य आवश्यक पर्ने कर्मचारी स्थानीय तहबाटै व्यवस्था गर्ने जनाइएको छ ।

Leave a Reply