म्याग्दीमा नेपाली सेनामा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । बेनी नगरपालिका-६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका जुनियर अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाण्डौ र रौतहटबाट सरुवा भएर आएका सेनाका जवानमा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘उहाँहरुलाई ब्यारेकबाट खुल्लामञ्चको आइसोलेसन कक्षमा ल्याइदैछ’ लम्सालले भन्नुभयो । कोभिड-१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीको टोलीले ब्यारेकमै पुगेर संक्रमितलाई ल्याएको हो । असोज १३ गते म्याग्दीमा आएर ब्यारेकभित्र रहेका सेनाको १८ गते स्बाब संकलन गरिएको थियो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएपछि ब्यारेकमा रहेका नेपाली सेनाका सैनिकहरु कन्ट्याक टे«सिङमा परेका छन् । कन्ट्याक टे«सिङमा परेकाको समेत स्वाब परीक्षण गरिने छ । यस अगाडी पोखराबाट सरुवा भएर आएका एक प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीमा विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् भने हाल नयाँ बाहेक ४ जना संक्रमति आइसोलेसनमा रहेका छन् भने म्याग्दी ठेगाना भएर काठमाण्डौमा उपचारको क्रममा धवलागिरी गाउँपालिका–५ की एक शिशु र रघुगंगा गाउँपालिका–२ भगवतीका एक जनाको काठमाण्डौमा मृत्यु भएको छ ।

Leave a Reply