म्याग्दीको बेनी नगरपालिका-९ घतानका ५१ बर्षिय टिका बहादुर खत्रीको दुईतले घर चर्किएर बस्न लायकको छैन् । जन्मजात शारिरीक अपांगता खत्रीको घर कुनैपनि बेला भत्किने अवस्थामा छ।

बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर चर्किएको छ। घर पूरै भत्किएको छैन तर सद्धे हालतमा पनि छैन। घरमा खत्रीका ८० बर्षिय आमा सहित श्रीमति र छोरा बस्छन् ।बैशाखीको साहरामा हिँड्डुल गर्ने खत्रीको नियमित आम्दानीको स्रोत छैन् ।घर आसपासमा भएको खेतबारीको उत्पादनले बर्षभरीलाई खाद्यान्न पुग्दैन्। पेटभरी भात खान पाउनुलाई नै खत्री परिवारले अहोभाग्य ठान्छन् । अपाङ भत्ता, गाउँलेको सहयोगले परिवारको पेट पाल्दै आएका खत्रीले आफुँ परिवारका सदस्यहरु बिरामी हुदाँ समेत खाने औषधीको अभावले छटपटाउने गरेका छन् । चरम गरिबीको भूमरीमा रुमल्लिएका खत्रीको समस्या समाधानमा स्थानीय यूवा जुटेका छन् ।

स्थानीय काउलेगौडा यूवा क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँ र पूर्व अध्यक्ष रुद्ध रेग्मीको पहलमा एउटा ब्लकको घरसँगै खाद्यान्न, लत्ताकपडा र नियमित औषधी उपचारका लागि आर्थिक जुटाउने अभियान सञ्चालन भएपछि खत्री परिवार खुसी छन् ।

केही आर्थिक र ऋण खोजेर घर निर्माणको कार्य सुरू गरिएको संयोजक बानियाँले बताए । ‘घर कुनैपनि बेला भत्किने अवस्थामा छ,‘तीन कोठे भवन र भान्सा घर बनाइरहेका छौ’ बानियाँले भने ।

उनले हालसम्म करिब ८० हजार आर्थिक सहयोग जुटेपनि घर लगायत आवश्यक अन्य सामान खरिद गर्न करिब ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाले चासो नदेखाएपछि करिब २७ महिना बिरामी भएर थलिएका खत्रीको उपचारमा समेत स्थानीय केवाईसी क्लवले आर्थिक सहयोग संकलन गरेर उपचार गरेको घर निर्माण अभियानका आर्थिक संयोजक रेग्मीले बताए ।

‘दशैं अगाडी नै नयाँ घर दिने तयारीमा छौ,‘उहाँहरुको अवस्था देख्ने सबैको आँखा रसाउँछ’ रेग्मीले भने । बि.श २०७२ सालको भूकम्पमा घर चर्किएपनि सरकारी अनुदानबाट बन्चित भएको खत्रीको गुनासो छ ।

‘भुकम्पको अनुदानले गरिबको घर देखेन,‘अरुको नयाँ घर बनेपनि हामी चर्किएको घरमै बस्न बाध्य थियौं’ खत्रीले भने । उनले स्थानीय यूवाको सक्रियतामा घर बन्न थालेपछि अब आश पलाएको बताए ।

Leave a Reply