आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जिल्ला कारागारमा रहेका कैदीबन्दी र मृगौला पीडितलाई ५० हजार सहयोग गरेका छन् ।

बेनी नगरपालिका-६ छापाका नारायण जिसीले जन्मदिनको अवसरमा धवलागिरी गाउँपालिका-६ मा पहिरोमा श्रीमति र दुई छोरी गुमाएका मृगौला पीडित धनबहादुर जुग्जालीलाई २५ हजार र जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई दशैंमा भोजनका लागि २५ हजार हस्तान्तरण गरेका हुन् ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष एवम् म्याग्दीमा सामाजिक तथा मानवीय सेवामा सक्रिय जिसीले जन्मदिनको अवसरमा विगतका बर्षमा जस्तै विभिन्न क्षेत्रमा सहयोग गरेर मनाएको बताए । ‘जन्मदिनका कुनै नयाँ योजना छैन्,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ जिसीले बेनीअनलाइनलाई भने ।

गएको असार महिनामा म्याग्दीमा बाढीपहिरोबाट ज्यान गुमाएका, घाईते र राहत वितरणमा ब्यक्तिगत रुपमै लाखौं सहयोग गरेका जिसीले आफ्नो बहिनी गंगा जिसीको सम्झनामा गंगा जिसी फाउण्डेशन मार्फत जामुनाखर्क माविमा १ लाखको अक्षय कोष लगायत विभिन्न सहयोग गरेका छन् ।

Leave a Reply