म्याग्दीको रघुगंगा गाउँपालिका-६,पाखापानीले गोरखा राज्यको अत्याचारका विरुद्ध विद्रोह गर्दा शहादत प्राप्त गरेका तुले पाइजाको इतिहास र योगदानको खोजी गर्ने भएको छ ।

तत्कालिन समयमा पात्लेखेत, झिँ, पाखापानी र कोटगाउँलाई केन्द्रित गरी शासन गरेको बारेमा बुढापाका र पुरानो इतिहासका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि गर्विलो इतिहासको खोजीमा लागेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

‘पाखापानीका तुले पाईजाको बारेमा सञ्चारमाध्यममा पाएको स्थानले उत्साहित छौ,‘तथ्य खोजी गरी पार्क समेत बनाउन गाउँपालिकालाई अनुरोध समेत गछौं’ वडा अध्यक्ष शेरपुञ्जाले भने ।

तथ्य र स्थानीय बुढापाकामार्फत प्राप्त जानकारीलाई आधार बनाएर वडा कार्यालयमार्फत पार्क, शालिक र पुराना यूद्धका हातहतियार समेत खोजी गरी संग्रालयको स्थापना गरी पर्यटकलाई भित्राउन सकिने बारेमा वडा कार्यालयले निर्णय समेत गरेको छ ।

वडा अध्यक्ष, सदस्यले बैठकमार्फत म्याग्दीका इतिहासकारहरुसँग थप तथ्य र प्रमाणहरुका बारेमा समेत लिएर अगाडी बढ्ने जनाएको छ । तुले पाईजाका बारेमा पहिलो पटक बेनी अनलाइन र बेनी साप्ताहिकमा धुब्रसागर शर्माले स्थलगत रुपमै पुगेर समाचार प्रकाशित गरेका थिए ।

तत्कालिन १६ हजार पर्वत राज्यका जानकार तथा हालै मात्र ऐतिहाँसिक उपन्यास महारानीबाट २०७६ सालको मदन पुरस्कार विजेत चन्द्रप्रकाश बानियाँले समेत तुले पाईजाका बारेमा आफ्नो पुस्तकमा उ्रल्लेख गरेपछि चर्चा सुरु भएको थियो ।

तुले पाईजाको बि.स १८९७ साल श्रावण ३० गते हत्या भएको हत्या भएको बताइन्छ । यता गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले तुले पाईजाको इतिहासको खोजीमा आवश्यकता अनुसार सघाउने र पाखापानीबासीको सम्मान हुने गरी योजना बनाएर काम गर्न सकिने बताउनुभयो ।

यो पनि पढ्नुहोस् : https://myagdikali.com/210280/

Leave a Reply