चाडवाडहरु नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय म्याग्दीले सदरमुकामा बेनी सहित जिल्लाका ग्रामिण क्षेत्रमा समेत बजार अनुगमनलाई तीव्रता दिएको छ।

नेपालीको मुख्य पर्व दशैं नजिकदै जाँदा उपभोक्ता ठगिने भन्दै सदरमुकाम बेनीमा नियमित तथा स्थानीय तहसँग सहकार्य गरी मुख्य ब्यापारिक केन्द्रहरुका साथै वडास्तरमा समेत अनुगमन सुरु गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।

‘सबै वडाभित्र रहेका पसलहरुलाई म्याद गुज्रिएका बस्तुहरु बाहिर निकाल्न अनुरोध गरेका छौ,‘जफत लगत्तै स्थानीयस्तरमै नष्ट गर्ने अधिकार समेत टोलीलाई छ’ प्रजिअ अधिकारीले भन्नुभयो । मालिका गाउँपालिकाले दरबाङ बजार र रघुगंगा गाउँपालिकाले वडास्तरमै अनुगमन समेत सुरु गरेको जनाएको छ ।

रघुगंगा–१ बेगमा गरिएको अनुगमनमा करिब ६० हजार बराबरको खाद्यान्न साम्रागी नष्ट गरिएको स्थानीय पत्रकार दलप्रसाद तिलिजाले जानकारी दिनुभयो ।

म्याद सकिएका खाद्य सामाग्रीहरु बिक्रि वितरण र कालो बजारी गरिएको पाइएकाले बिभिन्न सामाग्रीहरु जफत गरि नष्ट गरिने जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिकी संयोजक मायाँ कुवँरले बताउनुभयो ।

जिल्लाको सदरमुका बाहेक दुर्गम क्षेत्रमा रहेका पसलमा नियमित अनुगनको अभावमा म्याद सकिएको साम्रागी भएकाले उपभोक्तलाई समेत सचेत हुन अनुरोध गरिएको छ ।

ब्यापारीले नियमित अनुगमन नहुने क्षेत्रमा जिल्ला बाहिरबाट आएर समेत म्याद सकि थालेका खाद्य सामाग्रीहरु पठाउने तथा स्थानीय ब्यापारीले पनि खान नमिल्ने भईसकेका सामाग्री बेच्ने गरेका छन् । जिल्लामा चाडपर्व बाहेक अन्य समयमा बजार अनुगमन सुस्त हुने गरेको छ ।

Leave a Reply