म्याग्दीमा थप एक महिलामा कोरोना संक्रमण भेटिएको छ । मालिका गाउँपालिका-५ देविस्तानकि ३५ बर्षकी महिलाको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको हो। विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् भने हाल नयाँ बाहेक ६ जना संक्रमति आइसोलेसनमा रहेका छन् भने म्याग्दी ठेगाना भएर काठमाण्डौमा उपचारको क्रममा धवलागिरी गाउँपालिका–५ की एक शिशु र रघुगंगा गाउँपालिका–२ भगवतीका एक जनाको काठमाण्डौमा मृत्यु भएको छ ।