म्याग्दीमा पहिलोपटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान पनथोकबाट उपचारका लागि पोखरामा गएकी ३५ बर्षिया एक महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

गएको असोज १५ गते उपचारको क्रममा पोखरामा पुगेकी महिलाले विभिन्न अस्पतालमा उपचार गरी हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनाराण लम्सालले बताउनुभयो ।

‘अव जिल्ला बाहिरबाट आउनेबाट थप सतर्कता हुन आवश्यक छ,‘संक्रमतिको परिवारमा कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु हुन्छ’ लम्सालले भन्नुभयो ।

देविस्थानबाट पोखरा उपचारको क्रममा कोरोना पुष्टी भएकाले जिल्ला बाहिरबाट आवतजावत गर्नेहरुमा कोरोनाको जोखिम उच्च रहेको प्रमुख लम्सालको भनाई छ ।

‘गाउँबाटै संक्रमति भएको बारेमा अहिलेसम्म जानकारी छैन्,‘अब हामी समुदायस्तरमै पुगेर गरिने कन्ट्रयाक्ट ट्रेसिङबाटै थप जानकारी आउने छ’ लम्सालले भन्नुभयो ।

पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको काठमाण्डौ र तराईका जिल्लाबाट समेत समुदायस्तरमै आउने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढेको छ ।

संक्रमति क्षेत्रबाट आउनेले होम क्वारेन्टाइनको नियम पालना नगर्ने, समुदायमा घुलमिल हुने जस्ता गतिविधि बढ्दै जान थालेको छ ।

Leave a Reply