दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका बेनी नगरपालिका-३ भकिम्ली हल्लेगौंडाका एक यूवाले सहयोगको याचना गरेका छन् ।

विगत ६ बर्षदेखि मृगौलामा समस्या देखिएपछि पोखराको मनिपाल अस्पतालमा उपचारर्थ ३८ बर्षिय मुक्ति रोकालाई प्रत्यारोपण लगायत नियमित औषधी सेवनमा आर्थिक समस्या देखिएपछि उपचारमा सहयोगको अपिल गरिएको छ ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका रोकाको उपचारका साथै कोठा भाडा सहित उपचारमा समस्या भएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको सेभेन स्टार यूवा क्लवका यामबहादुर मगरले बताए ।

‘आर्थिक सहयोग जुटाइरहेका छौ,‘आर्थिक सहयोग जुट्न सकेमा मात्रै नयाँ जिवन पाउनुहुन्छ’ मगरले भने । उनले स्थानीयबासीका साथै भकिम्लीबाट विदेशमा गएकाहरुबाट सहयोग जुटाउने अभियान सुरु भएको मुक्ती रोका बचाउ अभियानले जनाएको छ ।

‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’ अभियानका अर्का सदस्य कृष्ण छन्त्यालले भने । उनका अनुसार प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेको छ । पीडितले नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् । मृगौला प्रत्यारोपण तथा डायलासिस लगायतमा करिब १५ लाख आवश्यक रहेको छ ।

Leave a Reply