---Advertisement---

फोटो खिच्ने प्रतियोगितामा अनुपले जिते प्रथम पुरस्कार

On: October 10, 2020 6:01 PM
Follow Us:

लायन्स क्लव बेनी पिस सिटीले आयोजना गरेको फोटो प्रतियोगितामा अनुप बानियाँले खिचेको तस्बिर प्रथम भएको छ। मंगला गाउँपालिका-३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीमा शनिबार आयोजित प्रतियोगितामा फोटोग्राफीमा सक्रिय बानियाँले अन्य प्रतिस्पर्धीलाई पछार्डी पादैं नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका हुन्।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रहेको झाँक्रीपानीको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा दोस्रो स्थानमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमको तस्वीर छनौट भएको थियो ।

म्याग्दीमा पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकाहरुले सहभागिता जनाएको प्रतियोगितामा विजेतालाई मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन लोकेश पुन मगर, म्याग्दीमा पुराना फोटो पत्रकार एवम् धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ,पर्यटन पत्रकार अमृत भातगाउँले लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिद्धय गाउपाँलिका उपाध्यक्ष केसी र विटालुले पर्यटकीय क्षेत्रलाई चिनाउन विभिन्न संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा समेत निरन्तर सक्रियता आवश्यकता रहेको बताईन् ।

प्रतियोगिताको नियमअनुसार तस्बिरमा प्रतिस्पर्धीले आफ्नो क्यामेराबाट झाँक्रीपानी आसपासका क्षेत्रको तस्वीर खिचेर निर्णायकलाई बुझाएका थिए । प्रथम स्थान हासिल गरेका बानियाँले पर्यटकीयस्थलसँगै त्यहाँको जनजिविकालाई प्राथमिकता दिएको बताए । उनले प्रथम स्थानमा पर्न सफल हुनु भविस्यमा थप जिम्मेबारी भएको बताउँदै पत्रकारिता क्षेत्रमै सक्रिय हुने गरी अगाडी बढेको बताए ।

प्रथम स्थान हात पारेका तस्वीरहरु

तस्बिरले पुरस्कार जित्नेपछि उनले बालक र बृद्धको तस्वीरले नै ग्रामिण क्षेत्रको जनजिविकालाई झल्काउने बताए । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा तीनतले भ्यूटावर प्रयोगमा रहेको छ भने अन्य विभिन्न पूर्वाधार निर्माणधिन अवस्थामा रहेको छ ।

चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकन, संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ समेत देखिन्छ ।