राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीको चौधौँ वार्षिक साधारण सभा तथा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार कार्यक्रम सम्पन्न भएको हो । उक्त साधारण सभाको अवसरमा समितिले सर्वसाधारणलाई एक सय माक्स वितरण गरेको छ । साधारण सभामा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य नकुल ढकालले लोक संस्कृतिको संरक्षण गर्नु पर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा लोक संस्कृतिमा विकृति मौलाउँदै गएको प्रति दुःख व्यक्त गदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि गण्डकी प्रदेशका संस्थापक सदस्य अमित विश्वकर्माले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा कतिपय कलाकारहरुलाई समस्या भएको बताउनुभयो ।

कार्यक्रममा रिक्त भएको सदस्य पदमा मालिका गाउँपालिका ६ का लोक दोहोरी गायक रामु रिजाललाई मनोनित गरिएको थियो ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षता प्रथम उपाध्यक्ष धुब्र जिसीको स्वागत र सचिव पदम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply