धवलागिरि गाउँपालिका– ५ मल्कबाङ घर भइ प्रवासमा रहेका स्थानीयबासीले छिमेकी गाउँ मराङका पहिरो पीडितलाई रु ४ लाख बढी आर्थिक सहयोग गरेका छन् ।

सामाजिक अभियान्ता रविन्स घरब्जा छन्त्यालको अगुवाईमा कतार, जापान, मेलेसिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारबासीहरुबाट सहयोग संकलन गरि रु ४ लाख २१ हजार १९० सहयोग गरेका हुन् । ‘सो सहयोग रकम मध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले रु १० हजार सहयोग गर्नुभएको थियो।

संकलित रकम शनिवार एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताउनुभयो ।

राहत रकममध्ये मराङका २१ जना मृतकका आफन्तलाई १२ हजारको दरले राहत दिईएको छ । त्यसैगरि बाढी पहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई ७ हजारको दरले र आंसीक क्षति भएका १२ जनाललाई ५ हजारको दरले राहत दिईएको थियो । त्यसैगरि स्थानीय गाउँमा अपांगता भएका ५ जनालाई १५ सयका दरले सहयोग गरिएको छ ।

जनजागृति माविका पूर्व शिक्षक समेत रहनुभएका हरि छन्त्याल, देवेन्द्र छन्त्याल, अगेन्द्रकुमार छन्त्याल, थिरबहादुर छन्त्याल लगायतले वडा अध्यक्ष राजाराम सुवेदी, प्रगति युवा क्लबका अध्यक्ष चक्र पुन, डाँफे युवा क्लबका अध्यक्ष पूर्ण गर्वुजा लगायतको उपस्थितिमा पीडित परिवारलाई राहत वितरण गर्नुभएको थियो ।

वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स घरब्जा छन्त्यालले समन्वय गर्नुभएको थियो ।

छन्त्यालको सक्रियतामा कतारबाट १ लाख ७८ हजार ८ रुपैयाँ, धन छन्त्याललको सक्रियतामा अष्टेलियामा १ लाख १९० रुपैयाँ, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतातामा जापानबाट रु १ लाख २२ हजार ३९३ सहयोग संकलन भएको थियो ।

Leave a Reply