म्याग्दीको बेनी नगरपालिका–९ घतान काउँलेगौडाबाट एक पुरुष पाँचदिन देखि बेपत्ता छन् । गएको असोज २० गते साँझ घरबाट निस्किएका ४४ बर्षिय लोक बहादुर खत्रीको खोजीमा निरन्तर आफन्त लागेपनि अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

घरबाट सम्पर्कविहिन भएलगत्तै आफन्त, छिमेकी लगायत विभिन्न स्थानमा खोजीकार्य गरिएपनि आइतबार बिहानसम्म सम्पर्कमा नरहेको कुमार सापकोटाले जानकारी दिए । ‘प्रहरीमा समेत निवेदन दिइएको छ,‘कतै देखेमा खवर गरिदिनुहोला’ सापकोटाले भने ।

बेपत्ता पुरुषका उचाई ५.४ फिट गहुँगोरो वर्णको ,छोटो कपाल फुलेको ,खैरो रंगको टिसर्टरकालो जिन्स पाइन्ट लगाएका छन् । भेट्ने महानुभावहरुले यो नम्बरमा ९८०६११७९९१,९८४८९५२८७७,९८४७६५२२३७ सम्पर्क गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

Leave a Reply