---Advertisement---

घतानका अपाङ्ग खत्रीलाई लायन्स क्लव म्याग्दी दोभानको सहयोग

On: October 11, 2020 11:24 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-९ घतानका ५१ बर्षिय टिका बहादुर खत्रीलाई लायन्स क्लव अफ म्याग्दी दोभानले २५ हजार बराबरको लत्ताकपडा भाँडाकुडा सहयोग गरेको छ ।

जन्मजात शारिरीक अपांगता खत्रीको घर कुनैपनि बेला भत्किने अवस्थामा पुगेछि स्थानीय यूवाको सक्रियतामा सुरु भएको घर बनाउने अभियानमा साथ दिन क्लवले सहयोग हस्तान्तरण गरेको क्लवकी अध्यक्ष सर्मिला थापाले जानकारी दिनुभयो ।

अपाङ खत्रीको घरमा आयोजित कार्यक्रममा लायन्स क्लव ३२५ बि १ नेपालकी कलस्टर प्रमुख सुनिता केसीले लायन्स क्लवले सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गरेको बताउनुभयो ।

उहाँले जिल्लाभित्र शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवालाई बजारदेखि ग्रामिण क्षेत्रसम्म पुगेर सहयोग गर्ने गरेको बताउनुभयो ।

सोही अवसरमा घर बनाउने अभियानका संयोजक तेजेन्द्र बानियाँ, आर्थिक संयोजक रुद्ध रेग्मीले सानोसानो सहयोगले खत्रीको घर बनाउन सहज भएको बताउँदै थप सहयोगको आवश्यकता रहेको बताउनुभयो ।सोही अवसरमा केवाईसी क्लवका अध्यक्ष प्रकाश खत्री लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन लायन्स क्लवकी पवित्रा बोगटी केसीले गर्नुभएको थियो ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन