राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकिकरणपछिको विस्तार गरिएको केन्द्रिय सदस्यमा म्याग्दीबाट दुईजना मनोनित भएका छन्। आइतबार राप्रपाले ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय   समितिमा पुर्ब अध्यक्ष एकेन्द्र बहादुर रावल र राप्रपा संयुक्तको तर्फको तर्फबाट राम बहादुर शाही छन् ।

राप्रपाको एकिकरणपछि जिल्लास्तरमा समेत समायोजनको काम सुरु भएको छ । राप्रपाको केन्द्रिय उपाध्यक्षमा पूर्व मन्त्री भिमप्रसाद गौचन, कार्यालयभित्रको महत्वपूर्ण जिम्मेबारीमा पूर्व मन्त्री समेत रहेका जगत गौचन रहेपनि समायोजनपछिको केन्द्रिय पदाधिकारीको पद बाडफाँड गरिएको छैन् ।

राप्रपाको एकिकरणसँगै जिल्लास्तरमा समेत गतिविधि तिब्रता दिने तयारीमा रहेको जनाइएको छ । म्याग्दीमा तीन टुक्र भएको अवस्थामा कमल थापा नेतृत्वको राप्रपा नै शक्तीशाली रहेको थियो।

तत्कालिन स्थानीय तहको निर्वाचनमा राप्रपाले बेनी नगरपालिकामा तत्कालिन नेकपा एमालेसँग सहकार्य गरी उपमेयर जितेको थियो भने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्यको थियो ।

Leave a Reply