अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

तस्वीरमा पोखिएको झाँक्रीपानीको सुन्दरता

On: October 11, 2020 8:04 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानी समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित छ । तीनतले भ्यूटावर प्रयोगमा रहेको छ भने अन्य विभिन्न पूर्वाधार निर्माणधिन अवस्थामा रहेको होमस्टे, चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकनका लागि समेत आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ ।चिनाकोत दरबार जिल्लाकै पुरानो दरबारको रुपमा चिनिन्छ । झाँक्रीपानीमा भ्यूटावर, पदमार्ग सहित एकिकृत सामुदायिक भवन समेत निर्माण भइरहेको छ । गाउँपालिकाको वडा नं ३ र ४ मा अवस्थित बरंजा एतिहाँसिक तथा धार्मिकस्थलको रुपमा रहेको छ । चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैत–बैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकन, संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ समेत देखिन्छ । सदरमुकाम बेनीबाट सवारीसाधनमा करिव साढे दुईघण्टामा पुगिने तथा मंगला गाउँपालिकाको केन्द्र बावियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत पैदलयात्रामा करिव साढे तीन घण्टामा पुगिन्छ । प्राचिन समयमा त्यस ठाउँमा झाँक्री बस्ने गरेका र पानीको कुनै स्रोत नहुँदा काकाकुल बनेका झाक्री खलकलार्ई मूल झाँक्रीले तान्त्रिक विधिद्धारा आफ्ना इष्ट देवतालाई खुसी बनाई पानी निकालेको किंवदन्तीका आधारमा झाँक्रीपानी नामाकारण गरिएको हो । एक घर बाहुन, एक घर विक र ५७ घर मगर समुदायको गरी जम्मा ५९ घरधुरी यहाँ रहेका छन् ।
तस्वीर किरन कार्की ÷बेनीअनलाइन