म्याग्दीबाट हालसम्म १६ सय ६२ जनाको स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकोमा १६ सय ५२ जनाको नतिजा आएकोमा १५ सय ७२ जनाको नेगेटिभ आएको छ भने संक्रमतिको पहिलो, दोस्रो, तेस्रो रिर्पोट सहित ७९ जनाको पोजेटिभ आएको छ । १ जना को रिर्पोट इन्भ्यालिङमा रहेको छ ।

जिल्लामा नेपाली सेना, नेपाल प्रहरी सहित बैदेशिक रोजगारीबाट आएका ६४ जनामा कोरोना पुष्टी भएकोमा महिला ५ र पुरुष ४६ जना निको भएर घर फर्किएका छन् । हाल खुल्लामञ्चमा रहेको आइसोलेन कक्षमा ११ जना संक्रमति रहेका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले मानिसको आवतजावत बढेसँगै म्याग्दीमा कोरोनाको जोखिम बढेको बताएका छन् । म्याग्दीमा हालसम्म समुदायस्तरमा कोरोना संक्रमित नभेटिएपनि बाहिरी जिल्लाबाट आवतजावत बढेसँगै सबैको सर्तकता आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय प्रमुख लम्सालसँग गरिएको कुराकानी ।

उपचारका लागि पोखरामा पुगेका दुई महिलामाकोरोना पुष्टीले अवजोखिम बढ्यो भन्न सकिन्छ ?
नेपालमा धेरै मानिसहरुमा कोरोना संक्रमण भईरहेको छ । म्याग्दी पनि नेपाल कै एउटा जिल्ला भएका कारण जोखिम नहुने कुरै भएन । अहिले लकडाउन खुकुलो भएको छ। मानिसहरुको आवतजावत बढेको छ, बाहिरी जिल्लाहरुमा कोरोनाको स्थानीय संक्रमण बढिरहेको अवस्थामा म्याग्दीमा जोखिम नबढ्ने भन्ने कुरै भएन नि ।
संक्रमित दुबै महिलाको ट्राभल हिष्ट्री कस्तो छ ?
एक जना महिला असोज १५ गते पोखरा जानुभएको र २३ गते कोरोना पुष्टि भएका कारण मेरो विचारमा उहाँ पोखरामा नै संक्रमित भएको हुन पनि सक्नु हुन्छ । तर बेनी बजारको महिला असोज २१ गते पोखरा जानु भएको र २४ गते संक्रमण पुष्टि भएको अवस्थाले अलि गम्भिर बनाएको छ ।

उहाँको आफन्तहरुका अनुसार उहाँ बीचमा कतै जानु भएको छैन, व्यापार व्यवसाय संचालन गरेर बेनी मै बस्नु भएको छ । त्यस कारण यो केशमा यही नै हुन सक्छ भनेर आकलन गर्न सक्ने अवस्था छैन ।

पोखरा गएको तीनदिनमै कोरोना पुष्टी भएको छ, यसले समुदायमै कोरोना फैलिएको आशंकगर्न मिल्छ किमिल्दैन त ?
अहिलेको परिवेशमा कोरोना जहाँ, जसरी पनि देखिन सक्छ भन्ने कुरा विश्वको र नेपालको वर्तमान अवस्थाले नै देखाईसकेको छ । पोखरा गएको ३ दिन मै कोरोना पुष्टि भएकै आधारमा म्याग्दीमा कोरोना समुदाय स्तरमा पुग्यो भन्न चाहि मिल्दैन । उहाँसंग निकट सम्पर्कमा रहनु भएका व्यक्तिहरुको पनि हामी परिक्षण गर्छौ, त्यो रिपोर्ट कस्तो आउछ ,अनि बल्ल म्याग्दीको अवस्थाको आकलन गरौला ।

संक्रमणको जोखिम बढ्दै छ, चाडपर्वमाथप कडाई हुन्छ किहुदैन त ?
चाडपर्व आईराछन, मानिसहरुको आवत जावत बढिरहेको छ । बाहिर भएका व्यक्तिहरु चाडपर्वमा आफ्नो घरमा आउन पाउनु उहाँहरुको अधिकारको कुरा पनि हो । अब प्रशासन, प्रहरी लगाएर कडाई गरेर कोरोना ठ्याकै रोकिन्छ भन्ने अवस्था पनि रहेन ।

म्याग्दीमा संक्रमणको जोखिम बढेता पनि धेरै व्यक्तिहरुमा संक्रमण फैलिरहेको अवस्था पनि होईन । अबको सन्दर्भमा अरुले रोकेर, छेकेर, कडाई गरेर भन्दा पनि हरेक व्यक्तिले आफुलाई स्वमुल्यांकन गरेर म यति जोखिम युक्त ठाँउबाट आएको छु, मलाई संक्रमण हुन सक्छ,त्यसकारण म कम्तीमा १४ दिन घरमै क्वारेन्टायनमा बस्नु पर्छ र बीचमा कुनै चिन्ह, लक्षण देखिएका स्वास्थ्यकर्मीसंग सम्पर्क गर्नु पर्छ, भन्ने कुराको पालना भएन भने अरु व्यक्ति वा संस्था लगाएर कडाई गरेर कोरोना नियन्त्रण हुनेवाला छैन जस्तो लाग्छ मलाई । जहाँ सम्म कडाईको कुरा छ जिल्ला भित्रको संक्रमणको अवस्था हेरेर कही कतै आवतजावतमा कडाई गर्नु पर्ने अवस्था आउन पनि सक्छ ।

म्याग्दीको समुदायलाई कोरोना संक्रमणबाट जोगाउन के गर्नुपर्छ त ?
छोटकरीमा भन्नुपर्दा जनस्वास्थ्यका मापदण्डको पालना र जोखिम युक्त स्थानबाट आएका व्यक्तिहरु होम क्वारेन्टायनमा बसिदिनु । हरेक व्यक्तिले अनिवार्य रुपमा माक्सको उचित प्रयोग गर्नु, सामाजिक तथा भौतिक दुरी कायम गर्नु र पटक पटक साबुनपानीले हात धुनु, पटक पटक साबुनपानीले हात धुन सम्भव भएन भने स्यानीटाईजरको प्रयोग गर्नु, अनावश्यकरुपमा भीडभाडमा नजानु नै कोरोना संक्रमणबाट जोगिने उपायहरु हुन ।

जो व्यक्तिहरु बाहिरी देश तथा जिल्लाबाट आउनु भएको छ उहाँहरु मेरो त पिसिआर नेगेटिभ छ, जाचेर आएको हो नभनी म यात्राको क्रममा जहाँ जतिबेला नि संक्रमित हुन सक्छु भन्ने ठानेर होम क्वारेन्टायनमा बसिदिनु पर्छ भन्ने ठानेर कम्तीमा १४ दिन क्वारेन्टायन बसिदिने हो भने कोरोना संक्रमणको जोखिम निसन्देह कम हुन्छ ।

देशभित्रबाटै आउनेहरुबाट जोखिम बढेको छ, होम क्वारेन्टाइनमा पठाइएकाहरु समेत समुदायमा देखिन्छ, नियमनगर्न निकायको प्रभावकारीतमै प्रश्न उठ्न थालेको छ त ?
मैले सुनेको काबुमा ल्याउन सबभन्दा गाह्रो हुने प्राणी मानिस हो रे । अहिले नेपालमा अन्तर जिल्ला आवत जावत गर्न छुट छ । चाडपर्व मनाउन मानिसहरु घर आउने क्रम पनि बढेको छ । साच्चै अनुगमन गर्ने हो भने आएका सबै मानिसहरुलाई संस्थागत क्वारेन्टायनमा राख्नु पर्छ वा होम क्वारेन्टायनमा बसेको छ कि छैन भनेर २४ घण्टा अर्को व्यक्ति खटाउनु पर्छ ।

यति धेरै आवत जावत बढिरहेको सन्दर्भमा यो दुबै कुरा गर्न सकिएला र रु त्यसकारण अब हरेक व्यक्तिले स्वमुल्यांकन गरी, आफैले आत्मसात गरी जनस्वास्थ्यका मापदण्डको पालना गर्नु, अनावश्यक रुपमा घर बाहिर ननिस्कनु, सामुहिक कार्यहरु जस्तै जमघट, खेलकुद, मेला, जात्राहरुमा सहभागी नभईदिनु र बाहिरबाट आउने व्यक्तिहरु स्वतस्फुर्त रुपमा होम क्वारेन्टायन बसिदिनु नै कोरोना नियन्त्रण र रोकथामको राम्रो तरिका हो जस्तो लाग्छ मलाई ।

Leave a Reply