Covid-2019 banner or SARS-CoV-2 infection poster. People with mask and cough near SARS cells. Covid19 or coronavirus, covid-19 or 2019-ncov, novel corona virus disease. Chinese virus protection

घर विदामा काठमाण्डौ गएर फर्किएका श्रीबक्स गुल्ममा कार्यरत नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा पहिलोपटक म्याग्दीमा लक्षण सहितको संक्रमित भेटियो।

काठमाण्डौबाट आएका श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेको अवस्थामा एक्कासी कोरोनाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको टोलीले ब्यारेकभित्र बाहिरी जिल्लाबाट आएकाको स्बाब संकलनको क्रममा ४ जनाका कोरोना पुष्टी भएको थियो।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकबाट उपचारका लागि पोखरामा गएकी ३५ बर्षिया एक महिलामा कोरोना देखियो। गएको असोज १५ गते उपचारको क्रममा पोखरामा पुगेकी महिला जस्तै बागलुङ नगरपालिका वडा नं १४ स्थायी घरभई हाल बेनी नगरपालिका–७ बेनीबजारमा बस्ने ५४ बर्षिया महिलाको पनि पोखरामै कोरोना संक्रमणको रिर्पोट आयो।

देविस्थानकी महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र बेनीकी महिलालाइ शनिबार फेवा सिटी हस्पिटलमा कोरोना पुष्टी भएसँगै म्याग्दीमा समुदायस्तरमै कोरोनाको जोखिम ह्वात्तै बढेको छ। मंगलाघाटमा बस्ने बृद्धा गएको असोज २१ गते पोखरा गएकी थिईन्।

बेनीबाट नियमित जस्तै पोखरामा उपचार गर्न जाने ठूलो संख्यामा रहेका बिरामीहरुले उपचारपछि सिधै घरमा आएर नियमित काम गर्ने, समुदायस्तरका गतिविधिमा समेत सहभागिता जनाउने गरेको अवस्थामा शुक्रबार र शनिबार अस्पतालमा पुगेका महिलामा कोरोना पुष्टीले समुदाय कोरोनाको उच्च जोखिमको अवस्थामा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

‘जोखिम ह्वात्तै बढेको छ,‘अब हेल्चेक्राई गरिएमा अवस्था भयावह हुनसक्छ’ प्रमुख लम्सालले भने। जिल्ला बाहिरबाट सरुवा भएर आएका प्रहरी, घर विदामा गएर आएका नेपाली सेना बाहेक उपचारका लागि आवतजावत गर्ने बिरामीमा समेत कोरोना संक्रमण देखिएसँगै अन्तर जिल्ला आवतजावतलाई थप नयाँ मापदण्ड सहित कडाई गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको भनाई छ ।

बैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशबाट आएकालाई कोराना देखिएपनि हालसम्म समुदायस्तरमा रहेकालाई कोरोना देखिएको थिएन् । दुवै महिला जिल्लाभित्रै वा उपचारको क्रममा पोखरामै संक्रमति भए भन्ने बारेमा स्वास्थ्य क्षेत्रका जानकारहरु समेत अनविज्ञ छन् ।

यसअगाडी म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट असावधानीपूर्वक पिसिआर रिर्पोट नआउँदै घरमा पुगेका बेनी नगरपालिका–३ हल्लेगौंडाका एक यूवाको सम्पर्कमा रहेका सबैको पिसिआर नेगेटिभ आएर समुदायमा कोरोना फैलिनबाट जोगिएको थियो ।

पोखरामा संक्रमति महिलाको सम्पर्कमा १४ जना
उपचारका लागि पोखरा गएका दुई महिलामा कोरोना संक्रमणको पुष्टी भएपछि सम्पर्कमा रहेका कन्ट्रयाक्ट ट्रेसिङ गरी १४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। देविस्थानमा ७ जना र बेनीमा ७ जनालाई होम क्वारेन्टाइनमा राखेको हो ।

संक्रमतिको सम्पर्कमा रहेकाको स्बाब संकलन गरी पिसिआर रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमा राखिएको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण हुन्छ । संक्रमित र निजका सम्पर्कमा आएकाहरूको ‘ट्रेस’ प्रभावकारी भएकाले समेत त्रसित हुनुनपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

१६ सय ६२ जना पिसिआर
म्याग्दीबाट हालसम्म १६ सय ६२ जनाको स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकोमा १६ सय ५२ जनाको नतिजा आएकोमा १५ सय ७२ जनाको नेगेटिभ आएको छ भने संक्रमतिको पहिलो, दोस्रो, तेस्रो रिर्पोट सहित ७९ जनाको पोजेटिभ आएको छ । १ जना को रिर्पोट इन्भ्यालिङमा रहेको छ ।

जिल्लामा नेपाली सेना, नेपाल प्रहरी सहित बैदेशिक रोजगारीबाट आएका ६४ जनामा कोरोना पुष्टी भएकोमा महिला ५ र पुरुष ४६ जना निको भएर घर फर्किएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ । हाल खुल्लामञ्चमा रहेको आइसोलेन कक्षमा ११ जना संक्रमति रहेका छन् ।

जिल्ला प्रवेश गर्ने कालिपुल बाहेक अन्य नाकाहरु बन्द अवस्थामा छन् । संक्रमणबाट बच्न अपनाउनुपर्ने सामान्य माक्स, सामाजिक दुरी लगायत प्रशासनले तोकेका आवश्यक मापदण्डलाई पालना गर्न समेत अनुरोध गरिएको छ ।

Covid-2019 banner or SARS-CoV-2 infection poster. People with mask and cough near SARS cells. Covid19 or coronavirus, covid-19 or 2019-ncov, novel corona virus disease. Chinese virus protection

दशैंमा घर आउनेलाई होम क्वारेन्टाइनमा कडाई
दशैँको पूर्वसन्ध्यामा समुदायमा कोरोना फैलिएको काठमाडौ लगायतका विभिन्न जिल्लाबाट म्याग्दीमा प्रवेश गर्नेलाई १४ दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा कडाई गरिएको छ । चाडपर्वलाई लक्षित गरी कालिपुल बसपार्कबाट छिर्ने यात्रुको संख्यामा वृद्धि हुन थालेपछि होल्डिङ सेन्टरमा गरेको प्रतिबद्धता कार्यान्वयन नभए कानुनी कारवाही गरिने म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीले बताए ।

‘दशैंतिहारमा काठमाण्डौबाट धेरै म्याग्दीमा आउने देखिन्छ,‘जिल्लामा प्रवेश गरेलगत्तै १४ दिनसम्म समुदायमा घुलमिल हुन पाईदैन्,‘अवको दुई महिनालाई कडाई नगरे समुदायमै कोरोना फैलिने जोखिम छ’ प्रजिअ अधिकारीले भने ।

‘चाडपर्वमा कोरोना संक्रमणको जोखिम धेरै हुन्छ,‘घरमा बस्ने ठाउँ नभए पालिकाको क्वारेन्टाइनमा बस्नुपर्छ’ प्रजिअ अधिकारीको भने ।यस अगाडी होल्डिङ सेन्टरमा प्रतिबद्धता जनाएपनि सदरमुकाम बेनी लगायत जिल्लाका ग्रामिण क्षेत्रमा प्रतिबद्धता अनुसार कार्यान्वयन भएको छैन्। पिसिआर गरेको भन्दै समुदायमा समेत घुलमिल हुने गरेको पाइएको छ ।

म्याग्दी ठेगाना भएका दुईजनाको मृत्यु
कोरोनाबाट म्याग्दी स्थायी ठेगाना भएका दुईजनाको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ । धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशु र रघुगंगा गाउँपालिका–२ भगवती घर भएका एक बृद्धको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच विश्वका विभिन्न देशमा समेत कोरोनाबाट ज्यान गुमाउनेमा म्याग्देलीहरु समेत भएपनि आधिकारिक तथ्याङ्क छैन् । यूरोपेली मुलुक नेदरल्याण्डमा एक महिलाको कोरोनाबाटै मृत्यु भएको परिवारले नै घोषणा गरेको भएपनि यूकेमा कोरोनाबाट मृत्यु हुने म्याग्देलीको परिचय खुलाइएको छैन् । बेनी साप्ताहिकबाट साभार

Leave a Reply